» » ओलीले भन्नुभयो, मधेशी नेताको भाषणमा विखण्डनकारीको गन्ध हुन्छ


काठमाडौ मंसिर ७ गते । लाग्छ एमाले र मधेश दुई चिरा भएको छ । मधेशले एमालेको नाम सुन्न नचाहेको जस्तै एमालेले पनि मधेशको नाम सुन्न चाहेका छैन ।

यतिका विरोध हुँदा पनि एमालका अध्यक्ष केपी शर्मा ओलीले मधेशको बारेमा बोल्न छाडेका छैन, मधेशीलाई होच्याउन छाडेका छैन ।

उहाँले त आज आफ्नै पार्टीको कार्यक्रममा मधेशी दलका नेतालाई यसरी होच्याएर कुरा गर्नुभयोे कि सुन्न पनि लाज लाग्ने । उहाँले भन्नुभयो, मैले माखे साँग्लो भनेको होइन, माखे साँग्लो भनेको एउटा यन्त्र हो तर मधेशीले बुझेन, बुझेन भने म कहाँ आउनु  म सिकाइ दिन्छु ।’

फोरम नेपाल लोकतान्त्रिक पार्टीका उपाध्यक्ष जितेन्द्र देव र तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले आफ्नो धारणा राखि सकेपछि बोल्न शुरु गर्नुभएका प्रचण्डले तराईको समस्या के हो, जितेन्द्र र त्रिपाठीले भनेको जस्तो हो त, त्यो स्पष्ट हुनुपर्ने कुरा राख्नु भएको थियो ।

यी नेताहरुले जहिले पनि मधेशी जनतालाई भ्रममा राख्ने गरेको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, म यहाँ हुँदा हुँदै देवीजी र त्रिपाठीजीले यस्तो भ्रमपूर्ण कुरा गर्नुभयो भने अरु ठाउँमा कस्तो गर्दो होला ।’ उहाँले त्यति मात्रै भन्नुभएन, मधेशी नेताको भाषणमा विखण्डनकारीको गन्ध आउँने गरेको पनि भन्नुभयो ।

मधेशवादी दलले उठाएको कुरा अन्तै बाट आएका र उठाइकाले त्यसलाई सम्बोधन गर्न नसकिने उल्लेख गर्दैै उहाँले विहान भारतबाट नेपाल छिर्यो, कसैसँग विहे गर्यो र नागरिकता पाइहालियो कति सजिलो पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, मधेशी दलले सम्प्रदायीको इन्जेक्सन लगाएको छ तर त्यसबाट जनता सजग छ ।’

मधेशी दलका नेता भ्रष्ट हुन्छ भने कुराको पनि चर्चा गर्नुहुँदै उहाँले आफू २६ महिना सरकारमा रहे तर मधेशीवादी १८ वर्षदेखि सरकारमा छन् तर एउटा सिकोंसम्म भाच्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, हामीले त बुढाबुढीको हातमा दुई हजार पुर्याएको छौ, तर त्यो दुई हजार रुपियाँ पनि उहाँहरुले लुट्नुहुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..