» » .....नत्र मधेशी जनता विकल्प खोज्न बाध्य हुन्छ


–मनोज यादव 
वर्षौदेखि आफूूलाई नेपालकै हो भन्ने प्रमाणित गर्न अहोरात लागि परेका नेपालका दक्षिण भु–भागका मधेशी जनता नेपाली हुन सकेका छैन । यिनिहरुले पहिला आफूलाई नेपालकै हो साबित गर्न नेपाली काँग्रेसका नेतासँग दिनरात राणाहरुको जहाँनिया शासनबाट मुक्त गराउन आफुलाई आन्दोलनको रापमा झोकिरहे ।

कैयौ मधेशी जनताले आफ्नो बलिदानी दिए तर बलिदानी कहि कुनै कदर भएन । मधेशी जनता आज काँग्रसले आफूलाई अधिकार दिलाउला त भोली एमाले र पर्सि माओवादी गर्दा गदै २४० वर्ष बिताई सक्दा समेत न त मधेशी जनता नेपाली हुन सके न त उनले अधिकार नै प्राप्त गर्न सके । तर अधिकार प्राप्ति चाहना भनि थाति राख्ने बरु झन आफूलाई सक्षम र सबल बनाउदै अधिकार प्राप्तिको बाटोमा अगाडि बढे ।

भित्र भित्रै गुम्सिएर रहेको अधिकार प्राप्तिका चाहना बिभिन्न पार्टीको रुप दिदैै सदभावना परिषद् हँुदै सदभावना पार्टीले उठाएका मुद्दालाई मधेशी जनताले आफ्नो माग सम्झे तर केही समयमै सत्ताको खेलले गर्दा मधेशी जनताको विश्वास धैरबेर टिक्न सकेन । सदभावना आठ कित्तामा बाँडिए । पुनः मधेशी जनता आफ्ना
अधिकार उही पुरानै पार्टीका नेता र पार्टीसँग सहकार्य गरी अधिकार प्राप्तिको आन्दोलनमा अगाडि बढे ।

मधेशी जनताले अधिकार त पाएनन् बरु शासितसम्म बन्न भ्याए । भन्निछ, शेषित उत्पिडितहरुको कुनै जात हुँदैन । कालखण्डले शोषित र उत्पिडित बनाउँछ । मधेशी जनता पनि त्यस्तै भए, शासकबाट कहिले कसरी शोषित भए भ्यौ नै पाएनन् । तर सात दलको जनआन्दोलन दुई पश्चात मधेशी जनताले आफूलाई राज्य समक्ष आफूहरु शोषित र उत्पीडित रहेकाले अधिकार चाहिन्छ भनेर स्पष्टताका साथ आफ्ना माग राख्न हिम्मत गरे तर सत्ताको अहंकारमा रहेका खसवादी नेताहरु यी मधेशीहरु त हाम्रा शासित हुन् यिनलाई अधिकार दिने त कुरै भएन भन्दै अडि कसे ।

मधेश आन्दोलन
तत पश्चात ०६३ माघ २ गतेदेखि सम्पूर्ण मधेशका जनता यो आन्दोलन आफ्नो अधिकार प्राप्तिका आन्दोलन भएकाले सम्पूर्ण मधेश नै ठप्प बनाए तर शासकहरु कहिले सेना लगाएर मधेश आन्दोलन दवाउन सकिन्छ त कहिले माओवादीका जनसेना लगाएर मधेशी जनतालाई तह लगाउने कुरा गरे ।

तर सम्पुर्ण मधेश आफ्नो अधिकार प्राप्तिको आन्दोलनका अघि बढिसकेकाले अन्ततः सरकार र मधेशी जनअधिकार फोरमको २२ बुँदे र संयुक्त मधेशी मोर्चाका ८ बुँदे सम्झौतामार्फत मुलुकमा जनता आफ्ना संविधान आफैले बनाउन सक्ने हैसियतमा पुगे मधेशी जनता पनि आफ्नो अधिकार प्राप्तिका लागि संविधान बनाउन आफ्ना प्रतिनिधि चुन्न संविधानसभाको निर्वाचनमा होमिए र मुलुकै चौथो ठूला शक्तिको रुपमा मधेशी पार्टीलाई पुर्याएसँगै मधेशी जनताको महत्वकाँक्षा पनि अन्य पार्टिको तुलनामा मधेशी दलका नेतासँग बढी राख्न थालियो ।

पार्टी विभाजित
शासकहरुको जालझेल मधेशी नेताको सत्तामोहले मधेशी जनताको अपेक्षा अनुरुप मधेशी दल तथा मधेशी दलका नेताहरु सत्ताकालागि पुनः पार्टी फुटाउदै संबिधान बनाउनुभन्दा सत्ता भत्तामै लिप्त रहे । मधेशी जनता दिन प्रतिदिन मधेशी नेताप्रति क्षोब्ध हँुदै गए र मधेशी जनतामा एक किसिमको नैराश्यता पैदा हुन थाल्यो । जनतामा विस्तारै मधेश केन्द्रित दल आफूहरुको मागलाई कुनै हालतमा सम्बोधन गराउन नसक्ने र मधेशी दलका नेताहरु सत्ताकालागि पार्टी फोड्दै आफू आफूमै लडेर सिद्धिने निस्कर्ष निकाल्न थाले ।

त्यही मौकाको फाइदा उठाउदै शासक दलका नेताहरुपनि मधेशी दल र दलका नेताहरुको खेदो खन्दै ,आफ्ना दलाल लगाएर पुरै मधेशमै मधेशी दल तथा दलका नेताले मधेशी जनताको भावना र अधिकारको सम्मान गर्न नसक्ने भन्दै हल्ला फिजाउन थाले ।

सोही मौकामा शासकहरुले विभिन्न जालझेल गरी संविधानसभालाई भङ्ग गरे । खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएर अर्को सविधानसभाको चुनाव गरायो । त्यो चुनामा परिवर्तनकारी शक्तिहरु कमजोर भएर आए । यथास्थातिवादी दलहरु ठूलो भएर आए ।

सोही मौकामा शासकहरुले विभिन्न जालझेल गरी संविधानसभालाई भङ्ग गरे । खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएर अर्को सविधानसभाको चुनाव गरायो । त्यो चुनामा परिवर्तनकारी शक्तिहरु कमजोर भएर आए । यथास्थातिवादी दलहरु ठूलो भएर आए । 

मधेशी जनतामा उत्पन्न भएको वितृष्णा र अविश्वास तथा नेपाली काँग्रेस तथा एमालेका दोधारे नीति र झुठको खेतीमा मधेशी जनताहरु पुनः फँसे र फेरी पनि मधेशी दललाई कम मत दिएर काँग्रेस र एमालेलाई नै बलिया बनाएर पठाए । जसको परिणा स्वरुप गत असोजमा पुरै मधेश आन्दोलित रहदाँकै अवस्थामा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले माओवादी, एमाले तथा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को सहयोगमा मधेशी जनताको चाहना विपरित संविधान जारी गरे ।

आन्दोलन र विकास 
पुरै मधेश छ महिनासम्म आन्दोलित रहे । ६० जनाभन्दा बढी मधेशीले अधिकार प्राप्तिको लडाईमा आफ्नो ज्यानको आहुति दिए, हजारौ घाइते भए, अपाङ्गं भए । लाखौ मधेशी जनता नुन रोटी खाएर भएपनि अधिकार प्राप्तिका लागि सडकमा ओर्लिएका थिए । पुरै मधेश आफ्ना अधिकार प्राप्तिका लागि मधेशका सम्पूर्ण नाकाहरु पनि ठप्प गरे । तर मधेशी दलका नेताहरु भने दिउँसो अधिकार प्राप्तिको लागि ठुलाठुला भाषण गर्थे भने राति शासकको चाकडीमा तेल र अति आवश्यक सामग्री उनीहरुको घरसम्म पुर्याउन थाले । फेरी पनि मधेशी दलका नेताहरुको नालायकिपनका कारण मधेशले आफ्नो अधिकार प्राप्तिको बाटो बिराए ।
यसले भने मधेशी जनताको मधेशी दल र मधेशी नेताहरुलाई हेर्न दृष्टिकोण फरक भएको छ ।

 अहिले मधेशीहरुले सधै विहान विहान मधेशी नेतालाई सत्तो सराप्दै भन्छन यत्रो ठूलो आन्दोलनको उपलब्धी खोइ, पैसाको लोभमा आन्दोलनलाई तिलाञ्जली दिएको होइन ? सलेमपुरका कुम्लेश्वर झाले भन्नुहुन्छ, मधेशी नेता मधेशीहरुलाई ठगेर सत्तामा पुग्न मात्र मधेशको राजनिति गरीरेहको आमजनताको आरोप छ । मधेशी दल र मधेशी नेता परिवारवाद, जातिवाद र चाप्पलुसिमै रम्ने खालका दलका डिलरहरु हुन् । यिनले मधेशलाई कहिले मुक्त्त गराउन सक्दैन बरु फेरी मधेशी जनतालाई अर्को सय वर्षको लागि गुलाम बनाई दिएको छ । मधेशी नेता भष्टाचारका मेशीन हुन्,  यिनले गर्दा सम्पूर्ण मधेशको आर्थिक, समाजिक, शैक्षिक र औद्योगिक अवस्था हिजोको भन्दा आज खस्कदै गएको छ ।


पुरै मधेश आफ्ना अधिकार प्राप्तिका लागि मधेशका सम्पूर्ण नाकाहरु पनि ठप्प गरे । तर मधेशी दलका नेताहरु भने दिउँसो अधिकार प्राप्तिको लागि ठुलाठुला भाषण गर्थे भने राति शासकको चाकडीमा तेल र अति आवश्यक सामग्री उनीहरुको घरसम्म पुर्याउन थाले । फेरी पनि मधेशी दलका नेताहरुको नालायकिपनका कारण मधेशले आफ्नो अधिकार प्राप्तिको बाटो बिराए । 

जनताको आक्रोश
संग्रामपुर निवासी रामज्ञान मण्डलले भन्नुहुन्छ, हिजोसम्म पहाडमा कुनै विकास थिएन, शिक्षा थिएन, स्वास्थ्य थिएन, मधेशकै मास्टर गएर उनीहरुको बालबच्चालाई पढाउँथे, यतै डाक्टर गएर उनीहरुलाई उपचार गर्थे तर आज यस्तो अवस्था भयो कि उताका मास्टर यता पढाउन आउँछन्, अस्पतालहरुमा मात्र होइन, क्लिनिकहरुमा पनि उतैका मान्छे भेटिन्छ, पहाडले छोटो समयमा विकासमा यस्तो फड्को मार्थे तर मधेश दिन दिन दिनै तलको तल झर्दैछ । मधेशवादी दलका नेताका कारण आज मधेश दिन प्रति दिन अविकसित र भ्रष्ट बन्दै गएको छ ।

उनले पहाड र मधेश दुबैमा सरकारले बजेट दिन्छ तर पहाड नेताहरुको सक्रियताले विकास हुन्छ तर मधेशमा त्यही बजेट दलहरुले आफू आफूमा बाँडेर खान्छ वा त्यो बजेट फ्रिज भएर जान्छ । मधेशी नेताका कारण मधेशका स्कूलमा पढाईका ठाउँमा तस्करको पाठ पढाइन्छ । यसबारे कसले बोल्ने भन्दै उहाँले प्रति प्रश्न गरे । हामीले मधेशी नेतालाई आफ्नो मत दिएर आफ्नो अधिकार प्राप्तिको लागि लडाई गर्न पठायौ तर यिनिहरु बेइमान भयो ।

मधेशको विकासको बजेट आफनो घर, परिवार बनाउनमा नै खर्च गरे । यी माथिका दुईजना त प्रतिनिधि पात्र मात्र हुन्, यस्ता अनेकौ विसगतिका घटनाहरु छन् । जस्तै एउटै गाँउका दुई व्यक्तिलाई लडाई गराएर दुवैतिरबाट कमिसन खादै दुईटैलाई बर्बाद गराउने । त्यस्तै मधेशमा रहेका कार्यालय प्रमुखलाई विभिन्न डर क्रास देखाई जिल्लाबाट भगाउने र सारा मधेशी जनतालाई दुःख दिनेसम्मका कामबाट आम मधेशी जनता दुखी र निराश छन् ।

उनिहरु यो अवस्थामा पुगिसके कि यो भन्दा त पहिला नै राम्रो बाटाघाटा, राम्रो शिक्षा र संस्कार थियो तर गणतन्त्र स्थापनापछि त झन सोझा सिधा जनता तथा पढे लेखेकाहरु र निमुखा तथा पढे लेखेका जनता क्रासमा बाँँच्न बाध्य छन् किनकी मधेशी नेताले गर्दा मधेशमा तस्कर प्रबृति हावी हँुदै गएको, अपनत्व र बिश्वास समेत गुमिसकेको छ । जुन आउँदो दिनका लागि मधेशी नेताहरुको लागि लाभकर नहुन सक्छन । जहाँका जनता निराश हुन्छ त्यहाँका नेता कहिल्यै अगाडि बढन सक्दैन ।

तसर्थ मधेशवादी दल तथा दलका नेताले माथि उठाएका मुददालाई गम्भिर भएर लिनुपर्ने आजको आवश्यकता देखिन्छ नत्र भने मधेशी जनता यिनका विकल्प खोज्न समेत पछि पर्ने छ्रैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..