» » प्रहरीले छापा मार्दा होटलबाट एक जोडी पक्राउ

कपिलवस्तु मंसिर, ९ गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको काजु होटलमा आज प्रहरीले छापा हानेको छ ।

छापा मार्ने क्रममा प्रहरीले अबैध यौन कार्यमा संलग्न रहेको आरोपमा एक जोडीलाई प्रकाउ गरेको छ ।

होटलमा पहिले देखि नै यस्तो कार्य दिनहुँ हुँदै आएको स्थानीयहरूले जानकारी गराई रहेका थिए । आफुहरुले यस्तो कार्य नगर्न बारम्बार अनुरोध गर्दा समेत होटल सञ्चालकले नमानेको एक स्थानियले बताएका छन् ।

स्थानीयद्धारा बाराम्बार त्यो होटलमा अबैध यौन धन्दा हुने गुनासो बढेपछी प्रहरीले छापा मारेको हो ।

अबैध सम्बन्धमा संलग्न रहेका महिला, पुरुष र अबैध धन्दा सञ्चालन गर्ने होटल सञ्चालक भने जिल्ला प्रहरी कर्यलायको नियन्त्रणमा रहेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..