» » युवा लिगमा शैलेश

सप्तरी मंसिर ३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा लिग सप्तरीको भएको भेलाले शैलेश यादवको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्ष नरेशकुमार मण्डल, विनोद कुमार, रामनरायण महतो, उमेश कुमार यादव रहनु भएको छ भने सचिवमा श्रवण कुमार यादव, सहसचिवमा राजेश साह र कोषाध्यक्षमा खेमराज चौधरी रहनु भएको छ ।
सदस्यहरुमा प्रभु यादव, रामसागर महतो, मोहम्मद तमजमुल, मनोज साह, जयसुन्दर यादव, राजेन्द्र यादव, अनिल यादव, ललित मण्डल, विनोद मण्डल, सन्तोष कुमार यादवलगायतका रहेका छन् ।

कार्यक्रममा लिगका केन्द्रीय उपाध्यक्ष शेखर कुमार सिंह, पार्टीका सचिव गजेन्द्र कुमार मण्डल, केन्द्रय सदस्य हरेकृष्ण भगत, केन्द्रीय युवा उपाध्यक्ष मुकेश कर्ण, केन्द्रीय सचिव भुपेन्र्द यादव , केन्द्रीय सदस्य तुला नाथ माझी, जिल्ला अध्यक्ष सतिश कुमार सिंह लगयातको उपस्थिती थियो ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..