» » प्रहरीको यातना पाउनु भएका महतोको अवस्था सुधारान्मुख


महोत्तरी, कार्तिक २९ गते । प्रहरीको यातना पाउनु भएका महोत्तरी जिल्लाको बथनाहा ४ का ४५ वर्षिया गंगा महतोको अवस्था सुधार भएको परिवारजनले जनाएको छ ।
कात्तिक २३ गते प्रहरीले हिरासतमा लिई यातना दिँदा घाईते भई भारतको सितामढी थप उपचारार्थ रहनु भएका महतोको अवस्था सामान्य भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनक भटटराईका अनुसार डिस्चार्ज हुने तयारी भइरहेको छ ।

गत साता मात्रै वैदेशिक रोजगारबाट फर्किनु भएका पिडित महतोले एक दिन पहिले नै मदिरा सेवन गरि स्थानिय एकजनालाई गाली वेईज्जती गरेकोमा उजुरीको आधारमा प्रहरीले उहाँलाई पक्राउ गरि चरम यातना दिएको थियो ।

यातना पश्चात प्रहरी उपरिक्षक भटटराईको ठाडो आदेशमा बथनाहा गाविस स्थित मरुवाही चौकीका ईन्चार्ज असई शम्भु प्रसाद साह, सोहि चौकीका हवल्दार हरि भजन साह, प्रहरी जवानहरु शिव शंकर महतो र हरिन्द्र महतोलाई  छानविनको लागि जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखी अनुसन्धान गरिरहेको र दोषी देखिए कार्यवाही समेत गरिने प्रउ भटटराईले बताउनु भएको थियो ।

हाल पिडित महतोको उपचारमा लाग्ने सम्पुर्ण खर्च प्रहरीले नै व्यहोरेको छ ।

यता पिडितलाई न्याय दिन एसियन ह्युमन राईट कमिशन, थर्ड एलायन्स , मानव अधिकार रक्षक संजाल र ईन्सेक लगायतका मानव अधिकारवादी संस्थाहरुले समेत पहल गरिरहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..