» » आगलागी हुँदा छ लाखको क्षति


खोटाङ, १५ मङ्सिर । भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर छ लाख भन्दा बढीको धनमाल क्षति भएको छ ।

दिक्तेल नगरपालिका–६ सोल्माका धौलराज राईको घरमा आज दिउँसो आगलागी भएको हो ।

दिउँसो खाजाका लागि केटाकेटीले भान्छा कोठाको चुल्होमा बालेको आगो सल्कँदै गएर राईको पूरै घर जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको तीनतले घर, अन्नपात, लत्ताकपडा, काठपातलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

अपराह्नमा भएको आगलागीलाई स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । नपाभित्रै आगलागी भएको भए पनि नपाको बारुणयन्त्र घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..