काठमडौ कात्तिक १८ गते । तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारसँग कुनै सम्झौता नभएको बताउनु भएको छ ।
कात्तिक १४ गते सरकारसँग भएको वार्तामा सहमति भएको चर्चा भइरहेको बेला अध्यक्ष यादवले आज सहारा टाइम्ससँग कुरा गर्दै सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावमा आफूहरुले कुनै विषयमा सहमति नजनाएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले चार विषयमा सविधान संशोधन गर्ने कुरा सुनाउनु भयो, हामीले त्यसमा सहमति जनाएनौ, उहाँले भन्नुभयो, हामीले प्रस्तुत गरेको २६ बुँदे सहमति अनुसार सविधान संशोधन गर्नुस् हामी मान्न तयार छौ तर उहाँले प्रस्ताव लैजान दिनुस् अनि त्यसमा छलफल गरौला भन्नुभयो, हामीले भन्यौं तपाईलाई जे मन लाग्छ त्यो गर्नुस् ।
सरकारकै तर्फबाट मोर्चा र सरकारबीच सहमति भएको प्रचार गरिरहेको दावी गर्दै आफूहरुले गरेको माग अनुसार सहमतिको प्रस्ताव नआए विरोध गर्ने र त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
No comments: