» » भारतीय राष्ट्रपति मुखर्जीले जब महतोलाई सोध्नुभयो, राजेन्द्रजी आप कैसे है


काठमाडौ कात्तिक २० गते । भारतीय राष्ट्रपति प्रमण मुखर्जी नेपाल भ्रमणमा आउनु भएको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई भेटनु भएको थियो । सो भेटघाटले नेपाली राजनीतिकमा खासै चर्चा नपाएपनि त्यो दिनको एउटा घटनाले मधेशी मोर्चाभित्र चर्चाको विषय बनेको छ ।
त्यो हो, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रपति मुखर्जीबीचको भेटघाट । कात्तिक १८ गते साँझ ८ बजे मधेशी मोर्चाका नेता र राष्ट्रपति मुखर्जीबीच ह्यात होटलमा भेटघाट भएको थियो । भेटघाटमा मधेशी मोर्चाका नेताहरुले आआफ्नो कुराकानी गरेर फर्किने बेलामा राष्ट्रपति मुखर्जीले अध्यक्ष महतोलाई विशेष रुपमा सम्बोधन गरेर बोलाउनु भएको थियो ।
कैसे है महतोजी, आपका हालखबर क्या है, अभि आपका स्वास्थ्य कैसा हैं (कस्तो हुनुहुन्छ, महतोजी, तपाईको खबर के छ, तपाईको स्वास्थ्य कस्तो छ) भन्दै राष्ट्रपति मुखर्जीले हात समातेर आफूसँग भारतबाट आएका डेलिगेट्सहरुसँग एकएक गरि विशेष परिचय गराउनु भएको थियो ।

परिचय गराउँदै भनेका थिए, माओवादी र नेपाल सरकारबीच भारतमा भएको १२ बुँदे सम्झौता गराउनमा महतोजीले मलाई निकै सहयोग गर्नुभएको थियो, उहाँ वाणिज्य मन्त्री हुँदा मसँग पटक पटक कुराकानी हुन्थ्यो, उहाँबाट मलाई निकै सहयोग भएको थियो ।’

त्यति मात्र होइन, महतोलाई भारत आउन पनि निमन्त्रणा उहाँले दिए । भारत आउनुस्, त्यहाँ बसेर थप कुराकानी गरौंला, मुखर्जीले महतोलाई भन्नुभएको थियो ।

सातजना मधेशी नेतामध्ये अध्यक्ष महतोलाई मात्र यतिका महत्व दिनुभएको थियो । मधेशी मोर्चाका सातैजना अध्यक्ष त्यहाँ हुनुहुन्थ्यो तर मुखर्जीले कसैको नाम लिएर यसरी सम्बोधन गर्नुभएका थिएन । भेटघाटको क्रममा मुखर्जीको छेउमै बसेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको पनि नाम लिएर सम्बोधन भएको थिएन । जबकी भारतका सबभन्दा निकटका पार्टी तमलोपालाई नै मानिन्छ ।

भेटघाटमा महतोलगायत तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालक अध्यक्ष उपेन्द्र यादव, नेपाल  सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी रहनु भएको थियो ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..