» » मधेशमा आक्रोशः अभिषेक प्रताप शाहले गर्नुभयो अलग मधेश राष्ट्र बनाउन आह्वान


काठमाडौ मंसिर ७ गते । ‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना पानी तेल और माँगो अलग राष्ट्र मधेस’ यो आक्रोश हो संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताव शाहको हो ।

हिजो तीन दलबीच सविधान संशोधनमा कुरा नमिलेपछि मधेशमा अक्रोश बढेको हो । मधेशका नेताहरुले सत्ताधारी दललाई नै दोष देखाइरहेका छन् । नेता शाहले मधेशी नेतालाई मधेश फर्केर आन्दोलन गर्न सुझाव दिनु भएको छ । उहाँले मधेशी नेतालाई आन्दोलन गरि अलग मधेश बनाउन आग्रह गरेको छ ।

दाना पानी बन्द गरेर अलग राष्ट्र मधेश माग्न आह्वान उहाँले गर्नुभएको छ । एमालेले मधेशवादी दललाई विखण्डनकारी भनेको आक्रोश हो ।


त्यसैगरि तराई मधेश लोकतान्त्रि पार्टीका सहप्रवक्ता कृष्णा सिहले अब समय वर्वाद नगर्न मधेशवादी दललाई सुझाव दिनुभएको छ । अब वारपारको लडाई लड्न तयार हुन आग्रह गर्दै उनीहरु (तीन दल) जस्तो लडाई लड्न चाहन्छन् त्यस्तै लडाई लड्ने चेतावनी दिनुभएको छ ।

हाम्रो पहिचानलाई गाली दिने दलसँग अब कुनै सम्झौता हुँदैन, उहाँले भन्नुभयो, मधेशी अझै सहादत दिन तयार छ, ‘हर डाल पे उल्लु बैठा है आन्जाम गुलिस्ता क्या होगा।।।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..