» » राजविराज महोत्सव सुरु


राजविराज, मङ्सिर ९ गते । सप्तरीको सदरमुकाम राजविराजमा आजदेखि राजविराज महोत्सव सुरु भएको छ ।

वैष्णवी काली मन्दिर युवा समितिले आयोजना गरेको महोत्सवको प्रजिअ बलदेव गौतमले उद्घाटन गर्नुभएको छ ।

राजविराजस्थित राज रङ्गशालामा भएको महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल्स तथा आइटी, खाना कक्ष, इलेक्ट्रोनिक्स, कपडा, श्ैक्षिक सामग्री र पर्यटन तथा देशविदेशका विभिन्न व्यापारिक कक्षका साथै निःशुल्क स्वास्थ्य शिविर लगायत कक्ष राखिएको छ ।

महोत्सवमा विभिन्न किसिमका झुला, मौतका कुवा लगायत स्थानीय कलाकार र देश विदेशबाट आएका कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

महोत्सवबाट हुने आम्दानी वैष्णवी काली मन्दिर नजिक धर्मशाला र मण्डप बनाउने कार्यमा खर्च गरिने समितिले जनाएको छ । महोत्सव यही मङ्सिर १९ गतेसम्म चल्नेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..