» » स्थानिय तह,पुन्र संरचनाप्रति तमालोपाको असन्तृष्टी



कपिलवस्तु कार्तिक २६ गते । तराई मधेश लोकतन्त्रीक पार्टीले स्थानिय तह पुंन संरचना प्रति असन्तृष्टी जनाएको छ ।

जबसम्म सविधान संशोधन हुदैन तबसम्म स्थानिय तहको संरचनाको खाक सम्बन्धी कुनै पनि कार्य नगर्न अनुरोध गरेको छ ।

अन्दोलन जारी रहेको अवास्थामा कुनै पनि सम्झौता हुनु राष्ट्रघती भएको तमलोपाले विज्ञाप्ती निकालेर विरोध जानएको छ ।

पाटी अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञाप्तीमा स्थानिय तहको संरचना प्रदेश सरकारले गर्नुपर्ने माग गर्नु भएको  छ ।
गाँउ पालिकाको लागि हिमालमा १३ हजार, पहाडमा २० हजार  र तराईमा ४० हजार जनसख्ंया तोकनु विभेदकरी निति भएको भन्दै तमालोपाले विरोध जानएको छ ।

सबै क्षेत्रमा  समान हुनुपर्ने तमालोपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री इश्वर दयाल मिश्राले बताउनुुभयो । मधेशमा  ५१ प्रतिशत जनसख्ंया रहेपनि त्यस अनुसर सिट नआउने भएकोले यो स्थनिय सरंचना गलत भएको उहाले बताउनु भयो ।


मधेशवादी दलहरुले असन्तृष्टी जानउदै गर्दा एकलौटी तरिकाले पेलेर जानु गलत भएको भन्दै यस्तो कार्य रोक्ना माग गरिएको छ ।

कपिलवस्तुमा स्थानिय तह संरचना  अन्तरगर्त पाँच नगरपालिका र  ६ गाँउ पालिका बनाउने सहमती भएपनि मधेशवादी दलहरुले त्यसको विरोध जानएका छन ।

एक व्यक्ती विशेषले गरेको निर्णयलाई आफुहरुले नमान्ने भन्दै यस विषयमा सविधानको धारा अनुसार कार्य गर्न सकिने मधेशी नेताहरुले बताएका छन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..