» » सूचना लुकाउन खोज्ने हेडमास्टरमाथि आयोगमा उजुरी



धनवीर  महतो
महोत्तरी, कार्तिक २७ गते । राष्ट्रिय सूचना आयोगले सूचना माग कर्तालाई सात दिनभित्र सूचना उपलब्ध गराउन दिएको आदेशलाई अटेर गरेको भन्दै महोत्तरीको पशुपतिनगरस्थित राष्ट्रिय उच्च मावि पशुपतिनाथ बनरझुल्लाका प्रधानाध्यापक तेजीलाल महतोलाई कारवाहीको माग गर्दै सूचना माग कर्ताहरुले राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका छन् ।

  अमृतकुमार महतो सहितको टोलीले स्थानीयले विद्यालयमा भएको गतिविधी बारे तीन महिना अघिदेखि सूचना माग गर्दै आएका थिए । सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले गएको कात्तिक १ गतेको मितिमा माग कर्तालाई सूचना उपलब्ध गराउन भनी प्रअ महतोलाई सात दिनभित्र माग गरेको सूचना बमोजिम सूचना उपलब्ध गराउन आदेश दिएको थियो ।

विद्यालयका प्रधानाध्यापक तेजीलाल महतोले राष्ट्रिय सूचना आयोगको निर्देशनलाई वेवास्त गर्दै र सार्वजनिक कार्यालयमा हुने गतिविधीको सूचना लुकाउन खोजिरहेको भन्दै प्रअ महतोलाई सूचना माग कर्ताहरुले आवश्यक कारवाहीको माग गर्दै गत कार्तिक २४ गते राष्ट्रिय सूचना आयोग देवीनगर काठमाँडौमा डेलीगेसन गई कारवाही सम्बन्धी उजुरी दर्ता गराएका हुन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार हदै सम्मको कारवाहीको माग गरिएको छ ।

शैक्षिक सत्र २०६५ देखि हालसम्म कुन तहमा कुन —कुन कोटामा कुन—कुन शिक्षक नियुक्ति गरिएको, के को आधारमा नियुक्ति गरिएको छ, के को आधारमा  हटाइएको छ, सोको विवरण र गत शैक्षिक सत्र २०७०।०७१ मा आएको छात्रवृति रकम कुन—कुन विद्यार्थीलाई कति वितरण गरियो सोको प्रमाणित प्रतिलिपी पाउँ भनै सूचना माग गरेका छ ।

पटक पटक सूचना माग गर्दापनि विद्यालयले सूचना उपलब्ध नगराउनु भनेको नै ‘दालमे कुछ काला है’ भन्ने कुरा स्पष्ट भइरहको सूचना माग कर्ताहरु बताउँछन् ।

सूचना माग कर्ताहरुले विद्यालयमा तीन महिनादेखि सूचना माग गरिरहेका छन् । चार वटा उजुरी गरिसकेका छन् । तर सूचना भने उनीहरुले अहिलेसम्म पाएका छैन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..