» » नदीमा डुबेर एक बालकको मृत्यु


कैलाली, कात्तिक १८ गते । पिकनिक खान गएका एक बालकको हिजो दिउँसो नदीमा डुबेर मृत्यु भएको छ ।

कैलालीको अत्तरिया नगरपालिका–११ कालिका टोलमा बस्ने जय कामीका छोरा आठ वर्षीय गोपाल कामीको गेटाको श्रीलङ्का टोल नजिकै झोलुङ्गे पुल आसपासको मोहना नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक बालकको शव सेती अञ्चल अस्पतालमा ल्याइएको र आज शवपरीक्षण हुने प्रहरीले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..