» » घुरको आगोले घर जलेर नष्ट


पर्सा, कात्तिक १८ गते । पर्साको वीरञ्चीबर्वा गाविसमा गएराति आगलागी हुँदा एक फुसको घर जलेर नष्ट भएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा गाविसको वडा नम्बर २ निवासी सुनिलालप्रसाद महतोको घर जल्नुका साथै घरमा बाँधी राखिएको एउटा गाई र एउटा भैँसीको जलेर मरेको छ ।

राति १०ः३० घुरबाट आगो सल्किँदा घरमा बाँधिएका गाई भैँसी, बाख्रा गरी कुल सातबटा चौपाया जलेको जसमध्ये दुई चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी महतोको फुसको घरसँगै घरमा रहेको लत्ताकपडा, खाद्यान्न, नगद तथा जिन्सीसमेत जलेर नष्ट भएको प्रवक्ता जोशीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगलागी भएको दुई घन्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीमा महतोको रु तीन लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..