» » केपी ओली र मधेशी मोर्चाका नेताबीच मुखर्जीले यसरी मिलाउँदै हुनुहुन्छ केमेस्ट्री


काठमाडौ कात्तिक १८ गते । नेपाल भ्रमणमा आउनु भएका भारतीय राष्ट्रपति प्रणम मुखर्जी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज साँझ ७ बजेर ५० मिनेटमा ह्यात होटलमा भेटघाट हुँदैछ ।

मधेशी मोर्चामा रहनु भएका सात दल तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले राष्ट्रपति मुखर्जीसँग भेट्नु हुनेछ ।

सो भेटघाटमा अन्य कुनै मधेशी नेताहरुलाई राखिएको छैन । यसअघि भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भेटघाट हुँदा त्यसमा मधेशी मोर्चाका नेतासँगै अन्य नेताहरुलाई पनि राखेका थिए । प्रभु साह, रघुवीर महासेठ, अमरेश कुमार सिह, जेपी गुप्तालगायतका नेताहरुलाई मधेशी मोर्चाकै टिममा राखेर भेटघाट गर्नुभएको थियो ।

सो भेटघाट साह्रै विवादीत बनेको थियो । भित्र भए नभएका कुराहरु पनि बाहिर आएको थियो ।

आजको संयोग यस्तो भयो कि मधेशी मोर्चाका नेताहरुलाई भेट्नु अघि मुखर्जीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु हुनेछ । ओलीले त्यही होटलमा साँझ सात बजे भेट्ने कार्यक्रम तय भएको छ । मधेशी मोर्चा र केपी शर्मा ओलीको सम्बन्ध राम्रो नभएको बेला राष्ट्रपति मुखर्जीले यसरी केमेस्ट्री मिलाउन लाग्नु भएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..