» » प्रधानमन्त्री प्रचण्डलाई किन भेटे महेन्द्रराय यादव ?


काठमाडौ कात्तिक ३० गते । स्मरणपत्र बुझाउको एक दिन नबित्दै संघीय गठबन्धनका एकजना नेता आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई भेटेर सविधान संशोधनको प्रकृया चाँडो अगाडि बढाउन सुझाव दिएको छ ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो सुझाव दिनु भएको हा । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको संयोजकत्वमा गएका टोलीले हिजो स्मरणपत्र बुझाउँदै १५ दिनको अल्टिमेटम दिएका थिए । त्यो १५ दिनको अल्टिमेटम बारे गठबन्धनका नेताहरुले विरोध गरेका छन् ।

१५ दिनको अल्टिमेटम दिने कुरै भएको थिएन अनि कसरी आयो भन्दै विरोध गरेका छन् त्यही बेला अध्यक्ष यादव प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि विरोधहरु अझै सुनिन थालिएको छ ।

यस विषयमा अध्यक्ष यादवलाई सम्पर्क गर्दा उहाँले आफू यो सविधान संशोधनको विषयलाई लिएर होइन, आफ्नो नीजि कामका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेको प्रतिकृया दिनुभयो ।

भेटको क्रममा राजनीतिक कुरा भई नै हाल्छ, त्यस क्रममा आफूले हिजो बुझाएको स्मरणपत्र अनुुसार जतिसक्दो चाँडो सविधान संशोधन प्रस्ताव लैजान भनेको उहाँले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..