» » विरोध हुने डरले ओली आएन जनकपुर



जनकपुर, कात्तिक १८ गते । मधेश आन्दोलनसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेश प्रवेशमा निषेध जस्तै भएको छ ।
उहाँले मधेश आउनका लागि पटक पटक समय मिलाएर पनि आउन सकिरहनु भएको छैन । दुई नम्बर प्रदेशस्तीयर चियापान कार्यक्रम जनकपुरमा राखिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर आउने कुरा व्यापक प्रचार प्रसार भएको थियो तर विरोध हुन्छ भनि उहाँ आउनु भएन ।
आफ्नो ठाउँमा पार्टीका नेता माधवकुमार नेपाललाई पठाउनु भएको छ । सुरक्षाको हिसाबले भारतीय प्रधानमन्त्री प्रणम मुखर्जी जनकपुर आउनुभन्दा एकदिन अगाडि चियापान कार्यक्रम राखेका थिए तैपनि उहाँको विरोध हुने थाह पाएर ओलीले अन्तिमसयमा आएर कार्यक्रम रद्द गरेको स्रोतले जनाएको छ ।
यद्यपी धनुषा एमाले अध्यक्ष राजकिशोर यादवले अध्यक्ष ओलीको भारतीय राष्ट्रपति प्रमण मुखर्जीसँग भेटघाट रहेको हुनाले आउन नसकेको दावी गर्नुभयो ।

यसअघि बाराको कार्यक्रममा पनि यस्तै गरि जान भ्याउनु भएको थिएन । सिरहाको लहानमा पनि युवा संघले कार्यक्रमको आयोजना गरेको थियो तर आउन सकेका थिएन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..