» » गृह जिल्लामै माधव नेपाल विरुद्ध मधेशी मोर्चाको नारावाजी


रौतहट कात्तिक ३० गते । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो गृह जिल्ला पुग्दा मधेशी मोर्चाका नेताहरुले विरोध प्रदर्शन गरेका छन् ।

मधेश विरोधी नेता मुर्दावादको नारा दिँदै नेता नेपालको विरोध हुन थालेपछि प्रहरीले हस्तक्षेप गरी मोर्चाका नेताहरुलाई पक्राउ गरी हिरासमा राखेको छ ।

जिल्लाको संसदीय बजेटको बारेमा छलफल गर्न नेता नेपाल जिल्ला विकास कार्यालयमा पुग्नु भएको थियो । त्यही बेला जिविसको परिसरमा गएर मधेशी मोर्चाका नेताहरुले नारावाजी गरेका थिए ।

नारावाजी गर्दा पक्राउ पर्ने नेतामा सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, तमलोपाका केन्द्रीय सदस्य अरुण सिह, तमलोपाकै नेता अनिल सिह, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपध्यक्ष धर्मेन्द्र पटेल, विनय कर्ण, विद्यार्थी अध्यक्ष प्रकाश, युवा मञ्चका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मञ्चका केन्द्रीय सदस्य दिपेन्द्र यादव, प्रभा सिह, ललन यादव, लड्डु साहलगायतका पक्राउ गरि हिरासतमा राखिएको सद्भावना पार्टीका नेता योगेन्द्र राय यादवले जानकारी दिनु भएको छ ।

हिजो मात्रै पार्टीको कार्यक्रममा सहभागि हुन नेता नेपाल सिरहाको लहान पुग्दा मधेशी मोर्चाका नेताहरुले विरोध प्रदर्शन गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..