» » नवलपरासीमा १५ वटा स्थानीय तह बनाउने निर्णय


नवलपरासी, मङ्सिर ९ गते । नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले केन्द्रमा प्रतिवेदन पठाएको छ ।

राजनीतिक दलका प्रतिनिधिबाट आएको फरक फरक सुझाव सहितको प्रतिवेदन केन्द्रमा पठाइएको प्राविधिक सहयोग समितिका सदस्यसचिब एवम् जिविसका योजना अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।

जिल्लाको पुरानो सातवटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिका राख्ने गरी स्थानीय तह पुनसंरचना आयोगमा सिफारिस पठाइएको प्राविधिक सहयोग समितिले जनाएको छ ।

भौगोलिक, प्रशासनिक सुगमता, स्रोतसाधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डका आधारमा १५ वटा स्थानीय तहको प्रस्ताव केन्द्रमा पठाइएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ ।

 नवलपरासीको जनसङ्ख्याअनुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था रहेको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..