» » मधेशका दुई पार्टीबीच यसरी भयो एकीकरण


नेपाल सद्भावना पार्टी र सोसल रिपब्लिकन पार्टी बीच पार्टी एकिकरण सम्बन्धि 
 
प्रेस–बिज्ञप्ति
२०४६ र २०६२÷०६३ को जनआन्दोलन र मधेश आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको, स्व. गजेन्द्र नारायण सिंहको नेतृत्वमा स्थापित एवं अनिल कुमार झाले नेतृत्व गर्नुभएको नेपाल सद्भावना पार्टीे र दोश्रो संविधान सभाको निर्वाचन अघि वातावरण र किसान आन्दोलन मार्पmत संघीयता, गणतन्त्र र समावेशितालाई संस्थागत गरि समृद्ध र शान्त नेपाल स्थापनाको उद्देश्यले २०६९ बैशाख ९ गतेका दिन गठित, २०६२÷०६३ को जनआन्दो
लन र मधेश आन्दोलनमा विद्यार्थी र युवाको नेतृत्वदायि भूमिका निर्वाह गरेको रामबाबु राय यादवको अध्यक्षतामा संचालित, दोश्रो संविधानसभाको निर्वाचनमा राष्ट्रव्यापी रुपमा सक्रिय र सशक्त प्रदर्शन गरेको, ३० दलिय गठबन्धनको आन्दोलनको एक घटक रहिसकेको र तेश्रो मधेश आन्दोलनमा समेत संघीय मधेशी मोर्चामा रही सक्रिय र सशक्त भूमिका निर्वाह गरेको सोसल रिपब्लिकन पार्टी बीच पार्टी एकीकरण गरीएकोछ ।



एकिकरण पश्चात पार्टीको नाम नेपाल सद्भावना पार्टी, चुनाव चिन्हः नेपाल सद्भावना पार्टीको प्रयोगमा रहेको चुनाव चिन्ह हात, झण्डाः नेपाल सद्भावना पार्टी को प्रयोगमा रहेको झण्डा नै एकिकृत पार्टीको झण्डा, पार्टीको विधान र अन्य दस्तावेजः नेपाल सद्भावना पार्टीले प्रयोग गरिरहेको बिधान र नियमावली नै एकीकृत पार्टीको आधिकारिक दस्तावेजको रुपमा कायम रहने तर नेपाल सद्भावना पार्टीको बर्तमानमा कायम रहेको घोषणापत्रलाई पार्टी विधान अनुसार परिमार्जन गरि परिमार्जित घोषणा–पत्रमा २१औं शताब्दि अनुकूलको गतिशिल एजेण्डा जलवायु परिवर्तन, बातावरण संरक्षण, किसानको मुद्दा सहितको सनातान धर्म र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने गरि परिमार्जन गरीने, पार्टी एकिकरण पश्चात समेत कायम रहने पार्टी नेपाल सदभावना पार्टीकोे सातौं महाधिवेशनका समयमा सोसल रिपव्लिकन पार्टीको ऐतिहासिक, बैचारिक र अवधारणात्मक पक्षलाई समेटेर दस्तावेजीकरण गरिनेछ ।

हाल कायम रहेको नेपाल सद्भावना पार्टी को संघीय कार्य समितिलाई विधान अनुसार कायम राख्दै सोसल रिपब्लिकन पार्टीका संस्थापक अध्यक्ष सहित प्रमुख नेताहरुलाई नेपाल सद्भावना पार्टीको कार्यसमितिमा सम्मानजनक र उचित स्थान दिइनेछ ।
 
एकीकृत पार्टीको जिल्ला, क्षेत्रिय, नगर र गाँउ कार्यसमिति तथा बर्गिय मंचहरुमा एकीकृत हुने सोसल रिपब्लिकन पार्टीका पदाधिकारी र क्रियाशील सदस्यहरुलाई सम्मानजनक र उचित स्थान दिइनेछ ।
 
 निर्वाचन आयोगमा दर्ता रहेको सोसल रिपब्लिकन पार्टीको दर्ता खारेज गर्न नियमानुसार निर्वाचन आयोगलाई तुरुन्तै लेखि पठाइनेछ ।
............................ ..........................
(रामबाबु राय यादव)       
अध्यक्ष, सोसल रिपब्लिकन पार्टी
 
( अनिल कुमार झा)
 अध्यक्ष
 नेपाल सद्भावना पार्टी
२०७३ मंसीर ५ गते

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..