» » आगोमा जलेर बालिकाको मृत्यु

राजविराज, कात्तिक १८ गते  । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधवार एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सो आगलागीबाट घरमा रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र नगद गरी रु डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..