» » चन्द्रौटा तेश्रो महोत्सव शुरू


मनिष गुप्ता
कपिलवस्तु मंसीर ३ गते । कपिलवस्तुको चन्द्रौटामा हिजोदेखि सन्चालन भएको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सको समुदघाटन गर्दै मन्त्रि चौधरीले कृषकहरूलाई व्यस्थीत तरिकाले खेती गर्न आग्रह गर्नुभएको छ ।

कपिलवस्तको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्बद्धन गरिने उद्धेश्यले कपिलवस्तुको चन्द्रौटामा महोत्सव शुरु गरिएको छ ।

कृषि मन्त्रि गौरी शंकर चौधरीले महोत्सवको भव्य रुपले समुदघाटन गर्दै सरकारले कृषी संग सम्वन्धीत महत्वपुर्ण कार्ययोजना बनाएर काम गर्न सुरु गरेकाले १० वर्ष भित्रमा आत्म निर्भर हुने विश्वास व्यक्त गर्नु भयो ।

कृषि र सिचाई मन्त्रालय अलग अलग भएकाले काम गर्न केहि अप्ठारो भएको भन्दै कृषि सम्वन्धी काम र सिचाई सम्वन्धी काम एउटै मन्त्रालय वाट हुन सके सिचाई र कृषि सम्वन्धी सम्स्या समाधान हुने वताउनु भयो ।

मन्त्रि चौधरीले कपिलवस्तुमा धान र गहु उत्पादनमा सक्षम जिल्ला भएकाले कपिलवस्तुमा पनि विषेश कार्यक्रम लागु गर्ने तयारी रहेको वताउनु भयो ।

हालै सरकारले प्रत्येक प्रदेशमा सुपर जोन कृषी कार्यक्रम गर्ने निर्णय गरेकाले यस वाट आधुनिक कृषि प्रणाली मार्फत उत्पादनमा वृद्धि हुने बताउनु भयो ।

 एक फरक प्रसंगमा मन्त्रि चौधरीले स्थानिय, प्रदेसिय र संसदीय निर्वाचन सम्पन्न गर्नको लागी सवै असन्तुष्ट पक्षलाई मिलाउनुको विकल्प नभएको भन्दै संविधान संसोधन हुन आवश्यक भएको बताउनु भयो ।

स्थानिय कृषकको सुविधाको लागी स्थानिय स्तरमा कोल्ड स्टोर आवश्यक हुने भएकाले कोल्ड स्टोर स्थापना गर्न चाहाने व्यक्तीलाई सरकारले ५ वर्ष सम्मको लागी निरव्याज मा ऋण उपलव्ध गराउने बताउनु भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..