» » लोकमान ‘प्रधानमन्त्री बन्न खोजेका कारणले महाभियोग’

रुकुम, कात्तिक १७ गते । अख्यितार दुरुपयोग आयोगका निलम्बित प्रमुख आयुक्त माथि महाअभियोग लगाउनका लागि नेतृत्व गर्नुभएका ऊर्जामन्त्री जनार्दन शर्माले नयाँ खुलासा गर्नुभएको छ । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) रुकुमले हिजो यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गर्नुभयो ।

कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..