» » राष्ट्रपति मुखर्जीले के भनेर पठाउनुभयो मधेशी मोर्चालाई ?

काठमाडौ कात्तिक १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र भारतीय राष्ट्रपति प्रणम मुखर्जीबीच आज साँझ भेटघाट भएको छ ।

हयात होटलमा ७ बजेर ५० मिनटमा भएको भेटघाट करिब १५ मिनेट चलेको थियो । भेटमा मधेशी मोर्चाका नेताहरुले मधेशमा यत्रो लामो आन्दोलन भएपनि राज्यले त्यसको कुनै सुनवाई नगरेको धारणा राख्नु भएको थियो ।

नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार जनताले सविधान अस्वीकार गरिसकेका छन्, त्यसलाई संशोधन गर्नका लागि आन्दोलन जारी राखेका छन् तैपनि राज्यले मधेशीको मागप्रति वेवास्ता गरेको प्रति दुख लागेको धारणा मधेशी माेर्चाका नेताहरुले राष्ट्रपति मुखर्जी समक्ष राख्नु भएको थियो ।

हालसम्म भारतले नेपालको सविधानलाई स्वागत गरेको छैन, त्यसका लागि आफूहरुलाई खुशी लागेको छ, भारत पनि चाहन्छन् कि सबैको सम्मान हुने गरी सविधान संशोधन होस् तर नेपाल सरकारले अनाकानी गर्दै आइरहेका छन् भनि कुरा राखेका थिए ।

आफूहरुले नेपालमा जे गरेपनि त्यसमा भारतको नाम जोड्ने गरेको कुरा उल्लेख गर्दै उहाँहरुले मधेशको कारणले भारत पनि बेइज्जत हुने गरेको धारणा राख्नु भएको थियो ।

भेटका क्रममा नेपालको समसामयिक राजनीति, नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्दै  यसलाई अझ कसरी प्रगाढ बनाउने, नयाँ संविधानका त्रुटिपूर्ण प्रावधान तथा संविधान पुनर्लेखन र मुखर्जीको आसन्न जनकपुर भ्रमण बारे विशेष रुपले कुरा भएको छलफलमा सहभागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

मुलुकमा दुई तिहाई बढी वर्चश्व रहेको मधेशी, आदिवासी जनजाति, थारु, खस, मुश्लिम, महिला, दलित लगायत उत्पीडित समुदायलाई संविधान निर्माण प्रक्रियाभन्दा टाढै राखि राष्ट्रिय राजनीतिको मूलधार र अधिकारबाट बञ्चित गरिएको बारे राष्ट्रपति मुखर्जीलाई अवगत गराइएको छ ।

मधेशी, आदिवासी जनजाति, थारु, खस, मुश्लिम, महिला, दलित लगायत उत्पीडित समुदायमाथि न्याय हुनेगरी संविधान पुनर्लेखन नभएसम्म नेपालमा शान्ति, सम्बृद्धि र स्थायित्व कायम हुन नसक्ने बारे मुखर्जीलाई यादवले प्रष्ट पार्नु भएको हो ।

‘संविधान पुनर्लेखन गरी त्रुटिपूर्ण प्रावधानहरुलाई नहटाएसम्म नेपालमा शान्ति र स्थिरता सम्भव नभएको मैले महामहिमज्यूलाई अवगत गराएको छु । मैले प्रष्ट रुपमा भनेको छु, यो संविधान विभेदकारी छ, पुनर्लेखन गरिनु पर्छ’– भारतीय राष्ट्र प्रमुख मुखर्जीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नु भयो ।

सरकारले भारत सहित विश्व समुदायलाई बेवकूफ बनाउन पुनर्लेखन गर्दैछु भन्ने, तर मोर्चा सम्मिलित संघीय गठबन्धनले उठाएको माग अनुसार संविधान पुनर्लेखनको सन्दर्भमा सरकारले बेवास्ता गरेको यथार्थ पनि महामहिम मुखर्जीलाई जानकारी गराएको यादवले बताउनुभयो ।

जवाफमा राष्ट्रपति प्रणम मुखर्जीले तपाईहरुले भनेको कुरा सही हो, भारत पनि चाहन्छन् कि सबैको सम्मान हुने गरि सविधान निर्माण होस्, कुनै पनि वर्ग समुदाय तथा जातजातीले यो सविधानको बारेमा औला ठडाउन नपाओस् भनेर पटक पटक भन्दै आएको धारणा राख्नु भएको थियो ।

सवैलाई समावेश गरेर सविधान संशोधन गर्नुस् नेपाल सरकारलाई आफूले भनेको कुरा मधेशी मोर्चाका नेताहरुलाई राष्ट्रपति मुखर्जीले सुनाउनु भएको थियो ।

राष्ट्रपति मुखर्जीले नेपालको वर्तमान समस्याहरुलाई भारतले नजिकबाट नियालिरहेको र यावत् समस्या बारे भारत जानकार रहेको सन्देश दिएका छन् । भारत सदैव नेपालको शान्ति, विकास र स्थायित्व चाहेको सन्देश दिँदै राष्ट्रपति मुखर्जीले यहाँको सबै वर्ग र समुदायलाई समेटेर बढ्ने पक्षमा भारत रहेको बताउनु भएको छ ।

भेटघाटमा मधेशी मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव हुनुहन्थ्यो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..