» » तीन वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ


धनवीर महतो
महोत्तरी, कात्र्तिक १६ गते । भाइटिका मनाउन मावली आएको एक तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

हिजो दिउँसो मामाघर आएकी एक तीन वर्षीय राणा थरकी बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा गौशाला नगरपालिका २ का २२ वर्षिय कुमार राणालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाका बालिकालाई करणी गर्ने क्रममा सो बालिका चिच्याएपछि स्थानियहरु थाहा पाएपछि घटनास्थलबाट कुमारलाई रंगेहात समातेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

वालिकाको उपचारको लागि जलेश्वर पठाउने तयारी भईरहेको छ भने कुमारलाई प्रहरीले आफनो नियन्त्रणमा राखि कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भईरहेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।


महोत्तरीको खयरमारा घर भएकी सो बालिका आफनी आमासँगै भाईटिका मनाउनका लागि मावली आएकी थिईन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..