» » युवतीलाई भारत लैजान खोज्दा दुई पक्राउ


कावासोती, ४ कात्तिक । बाँकेको रुपैडिया नाकाबाट किसोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा देवचुली–१३ नवलपरासीका नुमाकान्त भुसाल र बाँकेकी शिवा भुसाल रहेका छन् । नवलपरासी मध्यबिन्दु–७ का दुई किसोरीलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुबै जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उनीहरुलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

नुमाकान्त भुसाल दाङ–दिल्ली बस चलाउने चालक हुन् ।

उनले कक्षा ७ र १० कक्षामा पढ्ने बालिकामध्ये एउटालाई कपाल काटेर केटाको भेषमा र अर्कोलाई केटीकै भेषमा भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

 दुबै बालिकालाई अभिभावको जिम्मा लगाइकाृ प्रहरीले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..