» » गुलेवियाले दिनुभयो पतिको चित्तामा दागवती


धनवीर महतो
महोत्तरी, असोज २१ गते । घरको परिवारमा कसैको मृत्यु भएपछि महिलाहरुलाई चित्तासम्म जानको लागि वर्जित रहेको मैथिली समाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चित्तामा दागवती दिई समाजका लागि नमुना काम गर्नुभएको छ ।

परापुर्वकालदेखि चल्दै आएको समाजिक परम्परालाई चिर्दै धनुषा जिल्लाको मिथिला नगरपालिका वाडा नं. ८ लक्ष्मिनिवासकी ६५ बर्षिया बृद्धा गुलेवीया देवीले आफ्नो श्रीमानको अन्तिम ईच्छा पुरा गर्नको लागि उनको चितामा दागवती दिई किरियापुत्री समेत बस्नु भएका हो ।

दुईजना छोरा, तीनजना छोरी एवम नाति नातिनी भएतापनि गुलेवीया देवीले आफ्ना ७० वर्षीया श्रीमान धनेश्वर महतोको चित्तामा दागवती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय हुनुभयो ।

करिब १५ वर्षदेखि दम रोगबाट पिडीत रहेको धनेश्वरले मर्ने बेलामा सार्वजानिक रुपमै दागवती दिनका लागि गुलेवीयादेवीलाई आग्रह गरेपछि उहाँ श्रीमानको मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय हुनुभयो ।

श्रीमान्को दागवती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन ? भन्ने पत्रकारको जिज्ञासामा गुलेवीया देवीले भन्नुभयो, “त्यो त हो, तर पहिला थिए । अब विस्तारै विस्तारै समाजमा यस्ता जडा गाडेका कुरिती एवम कुसंस्कारलाई सवैले मिलेर हटाउन सक्नुपर्छ ।”

आफ्नो श्रीमान्को दागबती कसलाई दिन मन लाग्छ र यो त मेरोे बाध्यता रहेको जनाउदै उहाँले अगाडि भन्नुभयो, “मेरा दुईजना छोरामध्ये जेठो छोरा रामबाबु कामको शिलशिलमा कतारमा छन भने कान्छो छोरा वीरेन्द्र मलेशियामा छन । वुवाको निधन भएपनि त्यहाँको कम्पनीले छोराहरुलाई घर आउने नदिएपछि यस्तो गरेको गरेको हुँ र घरमा रहेको साना साना नातीहरुको मुण्डन नभएकोले घरमा दागवती दिनका लागि नजिकको नातेदारमा कुनै पुरुष नभएपछि आफुले बाध्यात्मक परिस्थितमा यो कदम उठानुपरेको छ ।”

समाजका भद्रभलादमीहरुले बृहत छलफल गरेर गुलेवीया देवीको हातबाट नै उनको चित्तामा दागबती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाई छ ।

कुनै पनि महिलाको पतिको मृत्यु भएको खवर सुन्ने बितिकै उ बेहोश हुने गर्छिन्, उनलाई उठ बस गर्न होस समेत हुदैनन्, त्यस्तो परिस्थितीमा श्रीमानको चित्तामा आगो दिएर गुलेवीयादेवीले साहसीक काम गरेको स्थानिय महिला अधिकारकर्मी सुनिता कुमारीले बताउनुभयो ।

गुलेवीयादेवी जस्तो महिलाहरुको यस समाजको लागि अत्यन्त खाँचो छ, यस्ता महिलाले समाजमा जडा गाडेको कुरिती र रुढीवादी परम्परालाई तोडनको लागि अहम भुमिका निर्वाह गर्न सकिने महिला अधिकारकर्मी सुनिता कुमारीले प्रतिक्रिया दिनुभयो ।

सदियौदेखि चलिआएको यस्ता कुरिती एवम कुसंस्कारलाई तोडेर गुलेवीयादेवीले नमुनाको काम गरेको र उनको यो काम वास्तवमै सहारनीय रहेको नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोको ठम्याई छ । अब यस्ता समाजमा स्थापित रहेको कुरिती एवम कुसंस्कार तथा रुढीवादी परम्परालाई क्रमशः रुपमा तोड्दै हामी सवै अगाडी बढ्नुको विकल्प नरहेको अध्यक्ष महतोले प्रतिक्रिया दिनुभयो ।


मिथिला संस्कृतिको हिन्दु परम्परा अनुसार कसैको मृत्यु भएपछि उनको चितामा दागबती दिने अधिकार मृतकको जेठो छोरोको हुने गर्दछ । जेठा छोरा नभएको खण्डमा अन्य छोराले पाउनेछ । जसको छोरा हुदैन उसको भाई, भतिजा, ज्वाई, नाति, लगायत नजिकको नातेदारमा पर्ने अन्य कुनै पुरुषद्वारा दागवती दिलाईने परम्परा मैथिली संस्कारमा परापुर्वकालदेखि कायमै रहेको छ ।

हाम्रा समाजमा रहेको यस्ता रुढी प्रथाको विरुद्धमा सवैले हातमा हात राखि अगाडि बढनुपर्ने आजको आवश्यकता रहेकोले यसमा हरेकले आ–आफ्ना स्थानबाट सहयोग गर्नुपर्ने आवश्यक देखिन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..