» » तमलोपाका सहप्रवक्ता कृष्णा सिहले भन्नुहुन्छ, मधेशी जनता तीन दलको निर्णय स्वीकार गर्न बाध्य छैन


काठमाडौ असोज २६ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका सह प्रवक्ता कृष्णा सिहले मधेशी जनता अझै पिडामा रहेको बताउनु भएको छ ।

दशैं विदामा घर गएको बेला जनतासँग प्रत्यक्ष संवाद गर्नुभएका सह प्रवक्ता सिहले सविधान संशोधन नभएर हालसम्म सविधान कार्यान्वयन नभएको प्रति जनता निकै चिन्तित छ र यसपाली पनि राम्रोसँग दशैं मनाउन पनि नसकेको उहाँले बताउनुभयो ।

तीन दलले हालै स्थानीय पुनःसंरचनाका लागि गरेको सम्झौताप्रति पनि मधेशी जनता दुखि रहेको बताउँदै उहाँले इलाकालाई आधार मानेर स्थानीय पुनःसंरचना कुनै पनि हालतमा नस्वीकार्ने मधेशी जनताको माग रहेको बताउनुभयो ।

मधेशी जनता अब राजनीतिकमा धेरै दिन उल्झन चाहदैन, अब जनतालाई विकास चाहिएको छ, जनकपुरमा रहेका प्रवक्ता सिहले आज सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, मधेश विकासको मामलामा धेरै पछाडी छन्, त्यसका लागि मधेशी जनताले चिन्ता जाहेर गरेका छन्, अबको राजनीतिक मुद्दा विकास हुनुपर्ने जनताले सुझाव दिएको छ ।

उहाँले अगाडि भन्नुभयो, मधेशी जनता निकै सचेत छन्, त्यति सचेत काठमाडौका जनता पनि छैन, मधेशी जनता भन्छन् राजनीतिक लडाई तपाईहरु जित्नुस् विकास हामी आफै गर्छौ तर राजनीतिक लडाई धेरै लम्ब्याउनु हुँदैन ।

सह प्रवक्ता सिहले मधेशवादी दलमाथि जनताले पूर्ण विश्वास नगरेको बताउनुभयो । कतै नकतै मधेशी दलमाथि जनताको आशंका रहेको छ, कुनै राजनीतिक सम्झौता गरेर मधेशको एजेण्डालाई त्यतिकै नछाड दियोस् भनि चिन्ता गरेको उहाँले बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..