» » हुलाकी सडकका लागि संघर्षमा उत्रे सप्तरीवासी



प्रेस-विज्ञप्ति
मिति 2073/6/29 गते शनिवारका दिन सप्तरी जिल्लाको परसवनी -7 स्थित बनौली हटिया स्थलमा हुलाकी सड़क निर्माण संघर्ष समिति, सप्तरीको बैठक समितिको संयोजक श्री विकास तिवारी को अध्यक्षतामा सम्पन्न भएको छ ।
लाखौं मधेशी जनताको लागि रोजगारी सृजना गर्न सक्ने, मधेशको आर्थिक मेरुदण्डको रूपमा रहेको नेपालको सबैभन्दा पुरानो तर सबैभन्दा बढ़ी उपेक्षाको शिकार भएको हुलाकी सड़क निर्माण हुन नसक्दा यसले मधेशको समग्र विकासमा  नकारात्मक प्रभाव पारेको छ । हुलाकी सड़क निर्माणको कार्य शुरू भएको करीब एक दशक भइसक्दा पनि सरकारी उदासीनता र मधेश प्रतिको विभेदकारी नीतिको कारण यसले अपेक्षित गति लिन नसकेको हो ।
यसै सन्दर्भमा सप्तरी जिल्लाको हुलाकी सड़कको राजविराज - कंचनपुर सड़क खण्डमा पर्ने खांडो पुल निर्माणसंगै जिल्लाको सम्पूर्ण हुलाकी सड़क खण्डको निर्माणका लागि संगठित रूपमा आवाज उठाउने उद्देश्यले स्थानीयको पहलमा 2070 साल भाद्र 3 गतेका दिन परसवनी -7 स्थित बनौली हटियामा हुलाकी सड़क तथा खांडो पुल निर्माण संघर्ष समिति सप्तरीको निर्माण भएको र तत्पश्चात खांडो पुल निर्माणको कार्यमा आवश्यक तिबता आएको र हाल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
 
 पछि हुलाकी सड़क तथा खांडो पुल निर्माण संघर्ष समितिलाई हुलाकी सड़क निर्माण संघर्ष समिति सप्तरीको नाममा मात्र नामाकरण गरिएको तथा यसै समितिको सक्रिय पहलकदमी र दबावले नै सप्तरीको हुलाकी सड़क खण्डमा पर्ने 21 वटा पुल मध्ये 14 वटा पुलको निर्माणको कार्यलाई राष्ट्रीय योजना आयोगबाट स्वीकृति भई पुल निर्माणको काम थालनी भएको हो ।
यस प्रकार हुलाकी सड़कको बारेमा सरकारको विभेदकारी र षड्यंत्रकारी नीतिलाई असफल बनाउन तथा हुलाकी सड़क निर्माणको लागि सप्तरीमा जनस्तरबाट भईरहेको यो प्रयासलाई मधेश व्यापि बनाउनकालागि आवश्यक पहलकदमी गर्ने निर्णय समेत हुलाकी सड़क निर्माण संघर्ष समितिको यो बैठक ले लिएको छ ।
 
बैठक द्वारा हुलाकी सड़क निर्माणको बारेमा नेपाल सरकार सहितका सम्बन्धित निकायहरू समक्ष निम्नानुसारका मागहरू गरिएको छ ।
1.सप्तरीको हुलाकी सड़क खण्डको निर्माणाधीन पुलहरूको निर्माणको कार्य निश्चित समयसीमा भित्रै सम्पन्न हुनु पर्ने ।
2.निर्माणाधीन पुलहरूको दुबै छेउमा सुचना बोर्ड राखिनु पर्ने ।
3.राजविराज -कंचनपुरसंगै राजविराज बलान सड़क खण्डको निर्माण यथाशीध गर्नु पर्ने ।
4.राजविराजको नगर क्षेत्र हुदै सड़क निर्माण गर्ने हुलाकी सड़क विभागको योजना अत्यंत अव्यवहारीक र गलत रहेकोले यसलाई तत्काल सच्चयाउनुका साथै राजविराजको दक्षिण वा उत्तर तर्फबाट सड़क निर्माणको योजना बनाउनु पर्दछ । साथै राजविराज -कंचनपुर सड़क खण्डको पकरी र बनौली खण्ड जहाँ हाल पुल निर्माण पनि भईरहेको साबिककै बाटोबाट नै सड़कको सर्वे डिजाइन हुनु पर्नेमा सो नगरी चन्द नहर हुदै सड़क डिजाइन गरिएकोमा सो सच्चयाउनु पर्ने ।
5.राजविराज -कंचनपुर सड़क खण्डको बुधेबा स्थित महुली -2 , परसवनी बनौली -7 स्थित महुली झरना खोलाको पुल निर्माणको कार्य कमसल प्रकृतिको भएको भन्ने देखिएकोले उक्त पुलहरूको निर्माणको कार्य बारेमा बिशेष छानबीन हुनु पर्ने ।
डा.रामदेव यादव 
सचिव
हुलाकी सड़क निर्माण संघर्ष समिति, सप्तरी 
9804747166,9804717882,9841428736

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..