» » ताजिया मेला समापन, खेलाडी टिमलाई पुरस्कार वितरण


रबिन्द्र यादव
नवलपरासी कार्तिक १ गते । मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो ।
यसवर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे ।

 जसमध्ये सबभन्दा नवलपरासीको महेशपुर मा निर्माण गरिएको थियोे जुन देश मै सबै भन्दा विशाल ताजिया थियो । जसको क्षेत्रफल करिब एक सय फिट चौडाइ र एक सय पचास फिट अग्लो रहेको थियो ।

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो ।

मेला नवलपरासी जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउहरुमा बासको ठुलो ठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको थियो ।

मेला आइतबारसम्म चलेको थियो । यस‌ैगरी महेशपुरको विशाल ताजिया मेला एक कार्यक्रमका बिच समापन गरिएको थियो ।

महेशपुर ताजिया मेला समितिका अध्यक्ष सुनिल पटवा को अध्यक्षता रहेको समापन कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहेका थिए ।

मंचका उपाध्यक्ष युवराज मौर्या, भुजहवा मंचका अध्यक्ष अम्मर यादव, दिपु लगायतका उपस्थित रहेको थियो ।

आइतबारसम्म संचालित ताजिया मेलामा थकरी, ढाकातास, लाठी भाला, भेडा जुधाउने समेतको खेल प्रतियोगिता भएको थियो ।

जसको प्रथम हुने टिमलाई प्रमुख अतिथिले एउटा कलर टिवी प्रदान गर्नु भएको थियोे भने ‌दोस्रो हुने टिमले एउटा साइकल हात पार्न सफल भएका थिए भने तेस्रो हुने टिमलाई भित्ते घडी र नगद प्रदान गरिएको थियो ।

ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारत बाट दर्शानार्थीहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।

हिजरी को पहिलो महिना मोहरर्मुल हराम को १० तारिखका दिन इस्लामको संरक्षक मानिने धर्मगुरु हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराक को बगदाद स्थित करबलामा सहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै आएको छ केही ले व्रत समेत बस्ने गरेका हुन्छन ।

देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..