» » ‘मधेशी जनता मधेशी दलप्रति सन्तुष्ट छैन’ (जिरो ग्राउण्ड रियालिटी)


काठमाडौ असोज २६ गते । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेशी जनता मधेशवादी दलमाथि असन्तुष्टि जनाइरहेको बताउनु भएको छ ।

दशैंको विदामा जनतासँग गरेको घरदैलो कार्यक्रमबाट आएको कुरा बारे जानकारी गराउँदै नेता यादवले मधेश आन्दोलनबाट कुनै उपलब्धी नभएको गुनासो मधेशी जनताले गरेको बताउनु भयो ।

बाध्यात्मक अवस्थामा मधेशी जनता मधेशवादी दलको साथमा छ तर कुरा गर्न जान्नुभयो भने १७ वटा गाली दिन्छन्, गुनासोको पोका नै खोल्छन्, जुन अन्य ठूला दलनमा नदेखिएको यादवले बताउनुभयो ।

मधेशी नेताहरुले काठमाडौमा गरेको गतिविधिप्रति मधेशी जनता सन्तुष्ट छैन, आज यो हुन्छ, भोली त्यो हुन्छ भनि हामी सुनिरहेका छौ तर केही भइरहेको छैन, जनताको गुनासो सुनाउँदै उहाँले भन्नुभयो, सविधान संशोधनको लफडाले गर्दा मधेशी जनता निकै पीडित छन्, जनता चाहन्छन् कि समाधान छिटो होस् तर केही भइरहेको छैन, त्यसप्रति मधेशी जनता निकै आक्रोशित भएको मैले पाए ।’

सहारा टाइम्ससँग कुरा गर्दै नेता यादवले मधेशवादी दल अलग अलग रहेकोमा पनि मधेशी जनता निकै असन्तुष्ट रहेको र संगठनात्मक रुपमा मधेशी किताबाट मधेशी जनता विस्तारै विस्तारै अलग हुने अवस्थामा पुगिरहेको बताउनु भयो ।

यदि मधेशवादी दलहरु यस्तै गरि अलग अलग रहि रह्यो भने अन्त्यमा नेताहरु मात्र बाँकी रहन्छ जनता अरुतिर नै जान्छ, उहाँले भन्नुभयो, मधेशवादी दलहरुको बीचमा एकीकरण होस् भनि जनताको ठूलो प्रेसर छ ।’

काँग्रेसमा यतिका विवाद छन्, चार समूह छन्, एमालेमा तीन तीन समूह छन् माआवादीमा त्यस्तै छन् तैपनि उनीहरु फुट्दैन किन यो प्रश्न जनताले हामीसँग गर्छन्, उहाँले भन्नुभयो, मधेशवादी दल किन यति फुट्छन्, फुटेपनि किन जुट्दैन, मधेश जनताको जिज्ञासा हो यो ।

ठूला दलबाट मधेशवादी दलले केही शिक्षा लिनुपर्ने यो जनताको धारणा रहेको बताउँदै नेता यादवले एउटै मोर्चामा भएपनि नेताहरु एकअर्काप्रति यति आक्रमक भएका छन् कि पानी बराबारको अवस्था भएको प्रति जनताको आक्रोश रहेको बताउनुभयो ।

मधेशमा यत्रो ठूलो आन्दोलन भयो तर मधेश संगठित हुन नसकेको जनताको अनुभव सुनाउँदै उहाँले मधेशी जनता दलको सम्पर्कमा अझै नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, मधेशवादी दलले मधेशको मुद्दा लिएर, मधेशको सरोकारमा आन्दोलन गर्यो तर मधेशी जनतालाई आकर्षण गर्न सकेन । जसरी माओवादीले आन्दोलन गर्दा जनता सो पार्टीसँग भावनात्मक रुमपा जोडिएको थियो तर मधेश आन्दोलन भएपछि मधेशी जनता त्यसरी जोडिएको छैन, अर्थात मधेशी जनता जहाँ थियो त्यही थियो ।’

यो आन्दोलनबाट एकजना पनि काँग्रेस, एमाले, माओवादी छाडेर मधेशवादी दलमा गएको छैन । आन्दोलनमा सहभागि भयो तर मधेशवादी दलसँग जोडिएन भन्नुहुँदै नेता यादवले मधेश आन्दोलनले जनतामा प्रभाव देखाउन नसकेको बताउनुभयो ।

यो अवस्थामा यदि सरकारले स्थानीय चुनावको घोषणा गर्यो भने कुनै मधेशी जनता मधेशवादी दलको कुरा मान्ने पक्षमा नरहेको अनुभव सुनाउँदै नेता यादवले सबैजना चुनावको तयारीमा लाग्ने विश्लेषण गर्नुभयो ।

उहाँले भन्नुभयो, मधेशी मोर्चाले स्थानीय चुनावलाई रोक्न सक्दैन ।’ स्थानीय निर्वाचनलाई बेसवरीले दुई नम्बर प्रदेशका जनताहरुले इन्तजार गरिरहेका छन्, उहाँले भन्नुभयो, जिरो ग्राउण्डको यो नै रियालिटी हो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..