» » मधेशी नेताहरु भन्नुहुन्छ, लोकमान विरुद्ध आएको महायभियोग षड्यन्त्र हो


काठमाडौं, कार्तिक ५ गते । सद्भावना पार्टीका महासचिव मनिष सुमनले तीन दलका शीर्ष नेताहरु बन्द कोठाभित्र बसेर आग्रह र पूर्वाग्रह राखेर लोकमानको विरुद्धमा प्रस्ताव ल्याएको टिप्पणी गर्नुभयो ।

रिर्पोटर्स क्लवको कार्यक्रममा उहाँले ईष्र्याको खातिर यो प्रस्ताव आएको बताउँदै यसलाई आफूहरुले खासै गम्भिर रुपमा नलिएका बताउनुभयो । प्रस्तावले अन्तिम रुप लिने बेला मोर्चाले विवेकपूर्ण निर्णय लिने उाहँले बताउनुभयो ।

नेता सुमनले लोकमानविरुद्धको प्रस्ताव मधेशी मोर्चाले भनेजस्तो संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्नको लागि ल्याईएको समेत आरोप लगाउनुभयो । उहाँले महाअभियोग प्रस्ताव समिति गठन गर्दा समेत तीन दलले दादागिरी देखाएको आरोप लगाउनुभयो ।

सहारा टाइम्ससँग कुरा गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले पनि महाअभियोगलाई षड्यन्त्रको रुपमा लिनुभएको छ । सविधान संशोधनलाई प्रभावमा पार्नका लागि यो महाअभियोग लगाइएको हो, उहाँले भन्नुभयो, प्रधानमन्त्री प्रचण्डले छठअघि सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने भन्नुभएको थियो, तर त्यसलाई षड्यन्त्र गरी तुहाएको आरोप लगाउनुभयो
आफूहरुसँग कुनै सहमति वा छलफल नगरेको उल्लेख गर्दै नेता यादवले एउटा कर्मचारीलाई हटाउन यति सारो षड्यन्त्र गर्नु हुँदैन, उनलाई हटाउन समान्य कुरा हो, त्यसका लागि दलहरुको बीचमा सहमति हुनुपथ्र्यो तर त्यस्तो सहमति नगरी षड्यन्त्रपूर्वक महाअभियोग आएको टिप्पणी गर्नुभयो ।


सविधान संशाोधन पहिलो प्राथमिकता हो, जनताले यत्रो आन्दोलन गरे, यत्रो सहादत दिए, त्यसमा तीन दल मिल्न सकेन तर एउटा कर्मचारीलाई हटाउनका लागि तीनटै दल एक भएको उहाँले आरोप लगाउनुभयो ।

राष्ट्रिय मधेशसमाजवादी पार्टीका महासचिव केशव झाले महाअभियोगलाई समर्थन गर्ने कि विरोध गर्ने भन्दा पनि यो कुन नियतले यस्तो बेला यो महाअभियोग आएको त्यो कुरा बुझ्नुपर्ने बताउनुभयो । लोकमानको विषय अहिले उठाउने कुरा होइन, उहाँले भन्नुभयोे, मधेशी, आदिवासी जनजाति, आन्दोलित छन्, त्यसको बारेमा गम्भीर भएर नसोच्ने अनि चाहिँदो नचाहिँदो कुराहरु ल्याएर सविधान संशोधनलाई प्रभावित पार्ने खेल भइरहेको छ ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सविधान संशोधन नगर्ने षड्यन्त्र स्वरुप यो महाअभियोगको प्रस्ताव आएको बताउनुभयो । सविधान संशोधनको विषयलाई कसरी ओझेलमा पार्न सकिन्छ, भनि पुरै योजनाबद्ध तरिकाले यो महाअभियोग दर्ता भएको बताउँदै उहाँले यसले गर्दा मुलुक ठूलो दुर्घटनामा जाने दावी पनि गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साँढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी  गर्नुभयो ।

सांसद विडारीले अबको साँढे दुई महिनाभित्रै यो प्रस्तावले पूर्णता पाउने दाबी गर्दै सामान्यतः ३० दिनसम्म यो प्रस्तावबारे महाअभियोग प्रस्ताव समितिमा छलफल हुन्छ, संसदमा ५९५ जना सांसदहरुले बोल्न पनि सक्छन्, सबैले बोल्दा केही समय लाग्ने बताउनुभयो । ’

अख्तियार प्रमुख कार्कीले स्वतन्त्र न्यायपालिकालाई खिल्ली उडाउने काम गरेकोले जनताको पक्षमा आफूहरुले यो प्रस्ताव ल्याएको उहाँको दाबी थियो ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले आयोगको गरिमामै प्रश्न चिन्ह खडा पार्ने काम गरेको, राष्ट्रसेवक कर्मचारीहरुमाथि पदीय दुरुपयोग गरेर व्यक्तिगत रिसीविई साँधेको र देशमा समानन्तर सरकार चलाएको आरोप लगाउँदै आफूहरुले बाध्य भएर महाअभियोग प्रस्ताव ल्याएको दाबी गर्नुभयो ।


\सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार प्रमुख कार्कीको पछिल्ला कामकारवाही चित्त बुझ्दो नभएपनि काँग्रेससँग नसोधी कार्कीविरद्ध माओवादी केन्द्र र एमालेले एक्कासी ल्याएको प्रस्तावमा आफूहरु हचुवाको भरमा प्रस्तावको पक्षमा नलाग्ने स्पष्ट पार्नुभयो ।

नेकपा मालेका महासचिव सीपी मैनालीले लोकमानको विरुद्धमा आएको महाअभियोग प्रस्ताव स्वागतयोग्य भएको भन्दै यसलाई सबै दलले समर्थन गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका प्रमुख सचेतक पर्शुराम तामाङ्ले महाअभियोगको प्रस्तावबारे पार्टीको केन्द्रिय समितिको बैठकले आधिकारिक निर्णय बाहिर ल्याउने भएकोले त्यसबारेमा अहिले नै बोल्नु उचित नहुने स्पष्ट पार्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..