» » लालबाबु राउतले भन्नुभयो, हामी वेट एण्ड सीको अवस्थामा छौ

काठमाडौ कात्तिक ६ गते । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं सांसद लालबाबुर राउतले सविधान संशोधनको कार्य छाडेर राजनीतिकलाई अर्कैतिर मोडेको आरोप लगाउनु भएको छ ।

सविधान संशोधन गर्न छोडेर अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्तको पछि लागेर मधेशी, आदिवासी जनतालाई अधिकारबाट बन्चित गरेको आरोप लगाउनु भएको छ ।

छठसम्ममा सविधान संशोधन भएन भने भिषण आन्दोलनमा जाने बताउँदै नेता राउतले तीन बुँदे सम्झौता कार्यान्वयन भएन भने देशले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, अहिले हामी ‘वेट एण्ड सी’ को अवस्थामा छौ । छठपछि तीन बुँदे सहमति कार्यान्वयन नभए आन्दोलनको विकल्प हामीसँग हुनेछैन ।’


उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाललगायतका नेताहरु अख्तियारको फन्दा पर्ने डरले प्रमुख आयुक्तलाई निकाल्न खोजेको आरोप लगाउनुभयो ।


भ्रष्टाचारी नेताहरुलाई कारवाही गर्ने तयारी गरिरहेको कुरा थाह पाएर नै एमाले र माओवादीका नेताहरुले महाअभियोगको प्रस्ताव ल्याएको दावी गर्दै उहाँले यदि लोकमान सिह कार्कीले गल्ती गर्नुभएको छ भने उहाँलाई कानुन अनुसार कारवाही गर्नुपर्छ, नकि त्यसलाई राजनीतिक रंग दिएर आफूलाई जोगाउन महाअभियोग नै लगाई दिने यस्तो तरिकाले नहुने बताउनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..