» » सप्तरीको कंकालिनी र छिन्नमस्तामा भक्तजनको भीड


राजविराज, असोज २२ गते । नेपालीको महान् चाड विजयादशमीको साताँै दिन सप्तमी अर्थात् (फूलपाती) का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लाग्यो ।

पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसँैको घटस्थापनादेखि आज फूलपातीको दिनसम्ममा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन पूजाआजाको लागि आएको मन्दिरका पिठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा पर्ने पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको भारदह–१ स्थित कंकालिनी भगवती मन्दिरमा समेत घटस्थापनादेखि आज फूलपातीसम्ममा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनले पूजा गरेको कंकालिनी विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले बताउनुभयो ।

साथै, आज फूलपातीको दिनमा झन भीड लागेको थियो । यो मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन रहेको छ । यस्तै, सप्तरीको राजविराजस्थित राजदेवी मन्दिर र भगवती मन्दिरमा समेत भक्तजनको भीड लागेको पूजाआजाको लागि आएका राजविराज–४ का श्याम रजकले बताउनुभयो ।

त्यस्तै, पातोस्थित माँ डाक्नेश्वरी मन्दिरलगायत जिल्लाका विभिन्न मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..