» » कबड्डी प्रतियोगितामा त्रिवेणी समूह विजय


नवलपरासी, असोज २७ गते । यहाँ आयोजित कबड्डी प्रतियोगितामा नेपालको शुभम् ट्रेडी त्रिवेणी नवलपरासी समूह विजयी भएको छ ।

सेमरी युवा क्लब बि, नवलपरासीकै समूहलाई हराउँदै शुभम् ट्रेडी नवलपरासीको समूह प्रथम स्थान हासिल गरी विजयी भएको हो ।


यसैगरी प्रतियोगितामा विशाल मोबाइल नवलपरासी समूह तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नवदुर्गा युवा क्लब जमुनिया नवलपरासीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल ३२ समूह सहभागी थिए ।

बडादसँैका अवसरमा गत असोज २३ गतेबाट सञ्चालित प्रतियोगिता बुधबार सकिएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..