» » भारतीय राजदूत रायद्वारा हलेसीको दर्शन


खोटाङ, कात्तिक ६ गते । भारतीय राजदूत रञ्जित रायले खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको दर्शन गर्नुभएको छ ।

शनिबार हेलिकप्टरबाट हलेसी आउनुभएका राजदूत रायले दर्शनसँगै हलेसीका प्राकृतिक सुन्दरताको अवलोकनसमेत गर्नुभयो ।

मन्दिरभित्र आधा घन्टा बिताएर बाहिरिनुभएका रायले केही समय स्थानीयवासीसँग छलफलसमेत गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । हलेसी आउनुभएका रायले दर्शन एवम् हलेसीको अवलोकन गरेर हेलिकप्टरबाटै फर्किनुभएको छ ।

भारतीय राजदूतको आगमनले हलेसीमा भारतीय दर्शनार्थी एवम् पर्यटक बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष खुसनारायण सैँजूले दाबी गर्नुभयो । भौगोलिक रुपमा विकट खोटाङको हलेसीमा दैनिकजसो हेलिकप्टरमा देश तथा विदेशबाट पर्यटक आउने गरेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..