» »Unlabelled » ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडियो सार्वजनिक


राजविराज, असोज २२ गते । जननी फिल्म्स प्रा.लि.राजविराजको पहिलो प्रस्तुति ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडिओ हिजो एक समारोहका बीच लोकार्पण भएको छ ।

वरिष्ठ मैथिली अभियन्ता, साहित्यकार, फिल्मकर्मी एवम् कान्तिपुर एफएमबाट प्रसारित रेडियो कार्यक्रम ‘हेलो मिथिला’का सञ्चालक धीरेन्द्र प्रेमर्षि र छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले संयुक्त रुपमा क्यासेटको लोकार्पण गर्नुभएको हो ।

क्यासेटको लोकार्पण गर्दै प्रमुख अतिथि प्रेमर्षिले मैथिली भाष।ा, साहित्य, कला र संस्कृतिको विकासलागि युवावर्गको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

मिथिला संस्कृति समृद्ध रहेपनि हाल यसमाथि प्रहार भईरहेकोले त्यसको संरक्षण सम्वद्र्धन हुनुपर्नेमा उनले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका योजना तथा अनुगमन अधिकृत धीरेन्द्र प्रसाद यादवले विकास  निर्माण मात्र विकासको नभएको भन्दै पर्यटन, कला, संस्कृतिलाई समेत विकासकै पाटोको रुपमा लिनुपर्ने बतााउनुभयो ।

भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्नु स्थानीय निकायकोसमेत दायित्व रहेकोले आगामी दिनमा जिल्ला विकास समितिले सहयोग र सहकार्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषद्का अध्यक्ष शुभचन्द्र झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, साहित्यकार ब्रजमोहन झा, मैथिल महिला परिषद्की काृषाध्यक्ष पिंकी झा, मिथिलाक अनुपम डेगका संस्थापक निराजन झा, मिथिला स्टुडेन्ट युनियन लहानका गजेन्द्र गजुरलगायतले भिडिओ क्यासेटको सकारात्मक पक्षबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

नायिका डोली सरकारको अध्यक्षतामा आयोजित लोकार्पण समारोहमा स्वागत मन्तव्य गीतकार सागरवीर कडारी तथा सञ्चालन निर्माता श्यामसुन्दर यादव गर्नुभएको थियो ।

म्युजिक भिडिओमा समावेश गरिएका गीतहरुमा मैथिली, भोजपुरी फिल्म तथा नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी चर्चित अभिनेत्री डोली सरकारको विषेश प्रस्तुति रहेको छ ।

सातवटै गीतमा फरक–फरक नृत्य एवम् अभिनय गरेकी उहाँले यस म्युजिक भिडिओमा नृत्य संयोजन एवम् निर्देशन समेत गर्नुभएको छ ।

मिथिला क्षेत्रका चर्चित मोडेल घनश्याम मिश्रा मुख्य मोडेलको रुपमा रहेको छ । खारिएका फिल्मकर्मी मिश्राले समेत यस म्युजिक भिडिओमा आफुलाई फरक रुपमा प्रस्तुत गर्नुभएको छ ।

अन्य कलाकारहरुमा रङ्गकर्मी जिबछ दास, पल्लवी मिश्रा, चम्पा विक, गौतम, प्रियांशु, सुनिता, चाँदनी, अन्नु, रेखा, प्रियांशुलगायत रहेका छन् ।

भिडिओ क्यासेटमा कनक भूधर शिखर वासिनी, हे अम्बे जगदम्बे दुर्गा भवानी, राजदेवी माँके, प्रेमसे सबकोइ बाजु यौ माँके जयकारा, छिन्नमस्ता माँ भवानीके दर्शन करै छी, माँ कंकालिनी हे महाकाली र फूल लोढए ल’ मैया कनि देर भ’ गेलै...गरी सातवटा गीत समावेश गरिएको छ ।

एल्बममा मैथिली भाषाका महाकवि विद्यापति रचित कनक भूधर शिखर वासिनी गीत विशेष आकर्षणको रुपमा रहेको छ ।

यस्तै अन्य गीतकारहरुमा सागरवीर कडारी, श्रीराम मण्डल, श्यामसुन्दर यादव र सन्तोष मण्डल रहेका छन् । चर्चित युवा निर्देशक एवम् श्रव्य–दृष्य सम्पादक सुर्यनारायण साह ‘बैजु’ले उक्त भिडिओको निर्देशन एवम् सम्पादन गर्नुभएको छ ।

भक्ति म्युजिक भिडिओमा मुख्य सङ्गीतकार रुपमा शैलेन्द्र विश्वकर्मा (शैलेन्द्र विक) रहेका छन् भने दुईवटा गीतमा कमल मण्डलको सङ्गीत रहेको छ ।

निर्मातामा पत्रकार, साहित्यकार एवम् कला संस्कृतिकर्मी श्यामसुन्दर यादव र कवि एवम् गीतकार समेत रहेका श्रीराम मण्डल रहनु भएको छ ।

भिडिओ सम्पादन तथा छायाङ्कनमा छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले विशेष सहयोग  गरेको छ । चर्चित गायिका अञ्जु यादवले सात ओटै गीतमा समुधुर स्वर भरेकी छिन् ।

अन्य गीतहरुमा सोनु खङ्ग र केशव कर्णको समेत कर्णप्रिय स्वर रहेको जननी फिल्म्स प्रा.लि.ले जनाएको छ । भिडिओ सम्पादन तथा छायाङ्कनमा छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले विशेष सहयोग  गरेको निर्माण समूहले जानकारी दिएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..