» » कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो




महोत्तरी, असोज ३० गते । नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो चयन हुनुभएको छ ।

धनुषाको ढल्केवरमा आज सम्पन्न समाजको छैटौँ महाधिवेशनले सर्वसम्मतीले महतोलाई अध्यक्ष चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा राजाराम महतो, कोषाध्यक्षमा महेन्द्र महतो, महासचिवमा मनोजकुमार सिंह, सचिवमा विरेन्द्र केएम, सह–सचिवमा रामप्रकाश महतो लगायत ५१ सदस्यीय केन्द्रीय पदाधिकारी चयन भएका छन् ।

गत शुक्रबार सो समाजको पहिलो राष्ट्रिय एकता भेला तथा छैटौँ महाधिवेशन प्रारम्भ भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..