» » राजेन्द्र महतोको चेतावनीः छठसम्म संविधान संशोधन नभए समर्थन फिर्ता

जनकपुरधाम, असोज ३० गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वभित्र व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ ।

आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म प्रतीक्षा गर्ने बताउनुभयो ।

अध्यक्ष महतोले सरकारले छठअघि संशोधन प्रस्ताव दर्ता नगरे पुनः आन्दोलनका लागि तयार रहन कार्यकर्तालार्ई निर्देशन समेत दिनुभयो ।

सद्भावना पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच एकताका लागि गृहकार्य भइरहे पनि ठोस वार्ता नभएको जानकारी दिदै उहाँले भन्नुभयो – मधेसवादी दलबीचको एकता नै मधेसी जनताको आकाङ्क्षा रहेकाले अहिले एकताको खाँचो छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..