» » सरकारको तीन महिना नपुग्दै मधेशी मोर्चाको काँध गल्दै


सविधान संशोधनको प्रस्ताव भदौमसान्तभित्र संसदमामा लगिने त्यो पुरा भएन, भारत भ्रमणमा जानुअघि संसदमा प्रस्ताव लगिने त्यो पनि पूरा भएन, त्यसपछि दशैंअघि नै संशोधन प्रस्ताव संसदमा लगिने गरि तीन पटकसम्म प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ढाँटी सक्नु भएको छ ।


राजनीतिकका जानकारहरु भन्छन्, एक त सविधान संशोधन नै हुँदैन, यदि भयो भने छठ यता हुँदैन ।


सत्ताधारी दल काँग्रेस, एमाले र माओवादीसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको साउन १९ गते तीन बुँदे सम्झौता गरेको थियो । असोज १९ गते तीन महिना पुग्दैछ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सविधान संशोधनका डेटलाइन मात्र तोक्दै मधेशी मोर्चालाई अल्झाएर राख्ने काम मात्र गर्नुभयो ।


सम्झौतापछि बनेको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सविधान संशोधन प्रस्ताव बारे दिएको आश्वसनबाट मधेशवादी दलका नेताहरु दिक्क हुनुभएको छ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले भन्नुभयो, यो यति भयो ।

प्रधानमन्त्री प्रचण्डले आफै पटक पटक समयसीमा तोक्नु हुन्छ तर त्यो पूरा नभएपछि अनेक प्रकारका टिका टिप्पणीहरु हुन्छ ।

सद्भावना पार्टीका अध्यक्ष  राजेन्द्र महतोले भन्नुभयो, हामीले समयसीमा तोक्न भनेका छैनौ, प्रधानमन्त्रीजीले आफै तोक्नुहुन्छ तर तोकिएको समयमा तयो प्रतिवद्धता पूरा नभएपछि सरकार र सत्ताधारी दलको विषयमा टिप्पणीहरु शुरु हुन्छ, हामीले यति भनेका छौ, कसरी गर्नुहुन्छ हामीलाई थाह छैन तर चाँडो गर्नुहोस् ।’ अब त सविधान संशोधनको प्रस्ताव लैजान ढिलाई भइरहेको बताउँदै उहाँले अब जति ढिलो गरे त्यति समस्या हुने बताउनुभयो ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छठपछि सविधान संशोधनको प्रस्ताव नलगे मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभयो । उहाँले अब पर्खिने अवस्था छैन, यो पर्खाइले गर्दा आफूहरुको आन्दोलन कमजोर भइरहेको छ, उहाँले भन्नुभयो, समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौ ।

असोज ११ गते प्रधानमन्त्री प्रचण्डले स्वयं बालुवाटारमा मधेशी मोर्चाका नेताहरुलाई बोलाएर सविधान संशोधनमा कुनै प्रकारको शंका नगर्न आग्रह गर्दै दशैंअघि सविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा लैजाने दावी गर्नुभएको थियो तर त्यो दावी पनि फुस्स भयो ।

अब दशैं लागि सक्यो, भोली व्यवस्थापिका संसदले चियापान गरेर दशैंका लागि बन्द हुँदै्रछ अनि कसरी आउँछन् प्रस्ताव, उनले भने, प्रचण्डले ढाँट्ने काम मात्र गर्नुभएको छ ।’

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले पनि मधेशी मोर्चालाई प्रधानमन्त्री प्रचण्डको तर्फबाट ढाँट्ने काम भइरहेको आरोप लगाए । बैठकमा बोलाएर मिठो मिठो कुरा गरि मधेशी मोर्चाका नेतालाई फकाएर पठाउँछन् तर कार्यान्वयन केही नभएको टिप्पणी उहाँले गर्नुभयो । महासचिव झाले छठपछि सविधान संशोधनको प्रस्ताव नगए आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, अहिले प्रतिकृया देखाएर पनि केही फरक पर्दैन, दशैं त्यसपछि तिहार र त्यस लगतै छठ आउने भएकाले यसबीचमा आन्दोलन गर्ने सम्भावना पनि छैन । आन्दोलनका लागि पनि छठसम्म नै कुर्नुपर्छ त्यसले हामी अहिले केही बोलेका छैनौ ।’
को छन् बाधक, काँग्रेस, माओवादी, एमाल या स्वयं मधेशवादी दल ?

सत्ताधारी गठबन्धनमध्ये माओवादी केन्द्रले व्यवस्थापिका संसदमा सविधान संशोधन प्रस्ताव लैजानका लागि सकारात्मक भएपनि सत्ता गठबन्धनको मुख्य साझेदार दल  काँग्रेसले चासो लिएको छैन । सविधान संशोधनको प्रस्तावलाई कुनै नकुनै बहानमा काँग्रेसले किनारा लगाउँदै आएका छन् ।

दलमा छलफल गरी मात्र प्रस्तावको बारेमा कुरा गर्ने अर्थात सकभर माओवादी नेतृत्वको सरकारको पालामा सविधान संशोधनको प्रस्ताव नलैजाओस् भन्ने कुरामा काँग्रेसले भित्रभित्रै तयार गरीरहेको देखिन्छ । त्यतिकारणले सविधान संशोधनमा ढिलाई भएको माओवादी केन्द्रका एक नेताले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनको बारेमा काँग्रेसका सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गर्न चाहेपनि देउवाले चासो नदिनु भएको हो । प्रचण्डले यस विषयमा कुरा गर्ने वित्तिकै पार्टीमा छलफल गरेर मात्र यस विषयमा कुरा गर्ने भन्दै देउवा टार्दै आउनु भएको छ ।

मुख्य समस्या सिमांकन हो । सिमांकनमा पाँच नम्बर प्रदेशमा तलमाथि गर्न देउवा तयार भएपनि पूर्वका तीन जिल्ला झापा, मोरगं र सुनसरी र पश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर जिल्लाको बारेमा केही बोल्न चाहनु भएको छैन । यी विवादित पाँच जिल्लाको विवाद आयोग बनाएर टुग्याउ भन्दा पनि देउवाले नमाने जानकार स्रोतहरु बताउँछन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..