» » दशैंमा जनतामा जाउ (सम्पादकीय)



यसपालीको दशैं असोज १५ गतेदेखि शुरु भएको छ । घटस्थापनासँगै दशैंको रौनक देशैभरि शुरु भएको छ । मधेश आन्दोलन त्यसमा पनि नाकाबन्दीका कारण नेपाली जनताले निकै सास्ती भोगेका थिए त्यही भएर सोचे जस्तो दशैं हुन सकेन ।

मधेश आन्दोनलमै थियो । आन्दोलनका क्रममा मारिएका आन्दोलनका कारण मधेश शोकमा थिए त्यही भएर मधेशमा कोही पनि दशैं मनाएन तर त्यसपटक तराई मधेशमा दशैंको रौनक दुगुना भएका छ । मानौ गतसाल नमनाएको दशैं यसपटक डबल मनाउन लागेको जस्तो । तराई मधेशमा देखिएको दशैंको रौनक हेर्दा लाग्छ गतसाल यहाँ केही भएकै थिएन । हुन त अहिले पनि मधेशवादी दलका नेताहरुले दावी गरेका छन् कि आन्दोलन जारी छ ।

तर मधेशमा दशैंको रौनक हेर्दा आन्दोलनको नामो निशान कतै देखिएको छैन । यद्यपी यो रौनकलाई मधेशवादी दलका नेताहरुले आन्दोलनमा ढाल्न सक्नुपर्छ । मधेशवादी दलका लागि यो ठूलो अवसर हो ।

दशैंको बहानामा जनतालाई संगठित गर्नुपर्छ । सविधान निर्माण भएपछि पनि मधेशी जनता कसरी ठगिएका छन्, अब सविधान संशोधन गर्न के गर्नुपर्छ, तीन दलले मधेशी जनतालाई कसरी झुक्याई रहेका छन् जस्ता कुराहरु भनेर मधेशी जनतालाई सचेत गराउन सकिन्छ । बाहिर रहेका सबै गाउँ फर्केका हुन्छ । त्यस्तोबेलामा सबैलाई भेट्न सकिन्छ । आफ्नो कुरा मज्जाले कुरा राख्न सकिन्छ ।

दशैंको अवसरमा गाउँ गाउँमा नाचगान हुनुको साथै विभिन्न ठाउँमा मेला लागेका हुन्छन् । त्यहाँ ठूलो जमघट हुन्छ, त्यसलाई राजनीतिक अभियानका रुपमा लिन सकिन्छ । जमघटहरुलाई राजनीतिक भावमा बाँधेर दशैंलाई सदुपयोग गर्नुपर्छ ।

नाचगान र सँगितलाई पनि राजनीतिक रुपमा चेतनामूलक कार्यक्रम गर्दा पनि हुन्छ । राजनीतिका कार्यक्रममा सहभागि गराउने उद्देश्यले राजनीतिक दलका नेताहरुले चियापान कार्यक्रम, भेटघाट कार्यक्रम, दशैं शुभकामना आदान प्रदान जस्ता कार्यक्रहरु आयोजना गर्न सकिन्छ । यसले गर्दा समाजसँग जोड्ने काम पनि हुन्छ र राजनीतिक दलमाथि सकारात्मक सोच पनि बढ्छ ।

त्यतिकै पनि मधेशवादी दलको क्रियाकलापले गर्दा मधेशी जनता बेखुस छन् । मधेशी दलका क्रियाकलापलाई रुचाई रहेका हुँदैन । मधेशी दलबाट मधेशी जनताको भरोस नै समाप्त भइसकेको अवस्था छ । त्यसैले यो दशैंमा दलप्रति भरोस र विश्वास बनाउने खालको गतिविधि गर्नुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..