» » राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन


काठमाडौँ, असोज २३ गते । बडादसैँअन्तर्गत आज महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा र नरदेवी पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभयो ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज भगवतीको पूजाअर्चना गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..