» » विष्फोटक पदार्थसहित एक पक्राउ

सुनसरी, कात्तिक घ गते । धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ ।

धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले आज गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन निलोतुथो छ केजी र रक्तचन्दन तीन केजी फेला पारेको हो ।

यसैगरी, जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पूर्वकुसाहा–३ बाट जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट कौडा र नगदसहित जुवा खेलिरहेका चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

जुवाको खालबाट १६ वटा कौडा तथा रु पाँच हजार ८५५ रुपियासहित दुहवी–१ का शम्भु साह, बेचन मिया, अशोककुमार चौधरी र मोरङ टङ्कीसिनवारी– ८ का जसिम मियालाई नियन्त्रणमा लिइएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..