» » असमावेशी भयो भन्दै गोविन्द चौधरीद्धारा तमलोपा बैठक बहिष्कार


काठमाडौँ  कात्तिक २ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको बैठक सो पार्टीका नेता गोविन्द चौधरीले बहिष्कार गर्नुभएको छ ।
पार्टीको कार्यसमिति निर्माणबाट असन्तुष्ट रहेका गोविन्द चौधरीले आजको बैठक बहिष्कार गर्नुभएको हो ।

गृह जिल्ला नवलपरासीमा रहेका नेता चौधरीलाई बैठकबारे पार्टीले खबर गरेपनि उहाँ अनुपस्थित हुनुभएको हो ।।

बैठकमा किन उपस्थित नभएको जिज्ञासा राख्दा उहाँले असमावेशी पदाधिकारी रहेको बैठकमा किन सहभागी हुने ? भन्दै प्रश्न उहाँले गर्नुभयो ।

पार्टी असमावेशी रहेको भन्दै उहाँले असन्तुष्टि जनाउँदै आउनु भएको हो । उहाँले महाधिवेशनपछि पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनित तथा चयन गर्दा असमावेशी ढंगबाट भएको भन्दै विरोध गर्नुभएको थियो ।

स्थापनाकालदेखि पार्टीका महासचिव रहेका उहाँलाई अध्यक्ष ठाकुरले केन्द्रीय सदस्यमा थन्काई दिनुभएको छ ।
यसैगरि सो पार्टीका महासचिव जितेन्द्र सोनल पनि अनुपस्थित रहनुभएको छ ।

यस विषयमा उहाँलाई सम्पर्क गर्दा आफूलाई बैठकको बारेमा जानकारी रहेको तर विशेष कामले दिल्ली आउनु पर्ने भएकाले बैठकमा नगएको प्रतिकृया दिनुभयो ।

 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..