» » मधेशवादी दलका नेताहरुको दशैं


काठमाडौ असोज २२ गते । तराई मधेशमा गतसालको तुलनामा यसपाली दशैंको चहल पहल बढेको छ । गएको सालमा मधेशमा आन्दोलन चलिरहेको कारण मधेशी जनताले खुलेर दशैं मनाउन पाएका थिएन तर यसपाली बडो धुमधामका साथ दशैं मनाउने भएका छन् ।

यसपाली मधेशवादी दलका अधिकाँश नेताहरुले मधेशी जनताकै माझमा गएर दशैं मनाउन भएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष दुई सातादेखि युरोप भ्रमणमा हुनुहुन्छ । उहाँको दर्शै युरोपमै बित्ने भयो ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीलगायतका नेताहरु मधेशमै गएर दशैं मनाउने भएका छन् ।

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौमै दशैं मनाउने भएको छ । दशैंका लागि तराई मधेशमा माटोको मूर्ति, मन्दीर, पण्डाल बनाएर त्यसलाई सजाउने काम सम्पन्न भइसकेको छ ।

मानौ गतसाल मनाउन नपाएको दशैं यसपाली डब्बल मनाउने लागेको जस्तो तयारी भइरहेको छ । दशैंका लागि मधेशी जनता उत्साहित भएका छन् तर मधेशवादी दलका नेताहरु त्यित खुश छैन ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सत्ताधारी दलसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन भएपछि स्थिति साम्य होला भनि सोचेका थिए तर अवस्था अनुकुल नभएर झन प्रतिकुल हुँदै गएको छ ।

तीन बुँदे सम्झौता अनुसार सविधान संशोधन गरेर मधेशवादी दलले उठाउँदै आएको माग पूरा गरी देशलाई सविधान कार्यान्वयनको अवस्थामा लैजाने थियो तर अझै सविधान संशोधन प्रस्ताव तयार नभएर मधेशवादी दलका नेताहरुको दशैं तनावमा बित्ने भएको छ ।

मधेशी मोर्चाका नेताहरुले आफूहरुको दशैं तीन बुँदे सम्झौता कार्यान्वयनमा बित्ने बताउनु हुन्छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयोे, यसपालीको दशैमा म घर जादिँन काठमाडौमै बस्छु तर काठमाडौमा दशैं मनाउनका लागि होइन, सरकारले गरेको प्रतिवद्धता पूरा गराउन काठमाडौमै बस्नेछु । काठमाडौमा उपलब्ध हुने नेताहरुसँग छलफल गर्नुको साथै सविधान संशोधनको प्रस्ताव चाँडै कसरी प्रस्तुत हुन्छ त्यसको गृहकार्य गर्ने अध्यक्ष महतोले बताउनुभयो ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव दशैंमा मधेशमै बसेर आन्दोलनको तयारी गर्ने बताउनुभयो । सत्ताधारी दलले तीन बुँदे सम्झौता कार्यान्वयन गर्नमा आलटाल गरिरहेकाले समस्या समाधान हुने नदेखेपछि आन्दोलनको तयारीमा जुट्नुपर्ने भएको उहाँले बताउनुभयो । दशैंलाई आन्दोलनको तयारीको रुमपा उपयोग गर्ने बताउँदै अध्यक्ष यादवले दशैं विदामा सबै जना आआफ्नो घर फर्केको कारणले जनता भेट्न पनि सजिलो भएकाले आन्दोनलको तयारी गर्न सजिलो हुने बताउनुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी पनि दशैं अवधिभर मधेशमै बस्ने सोच बनाउनुभएको छ । नवमी र दशमीमा एक पटक टिकाका लागि काठमाडौं फर्किने र त्यसको भोलीपल्ट पुनः मधेश नै फर्किने अध्यक्ष भण्डारीको योजनामा छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दशैंमा काठमाडौमै बस्ने योजना रहेको बताउनुभयो ।

दशैंको विदा सदुपयोग गरि राजनीतिक गतिविधिमा लाग्ने बताउँदै सविधान संशोधनको प्रस्तावमा सत्ताधारी दलसँग कुराकानी गर्ने र त्यसको माहोल बनाउने बताउनुभयो । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा पनि दशैं मधेशमै मनाउने भएको छ । साँझ विहान दुर्गा भगवतीको पाठ गर्ने र दिनभरि पार्टीको गतिविधिमा लागेर दशैं मनाउने अध्यक्ष झाले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..