काठमाडौं, कार्तिक १५ गते । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन गर्ने बारेमा सहमति भएको बताउनु भएको छ ।
रिर्पोटर्स क्लवको टोलीसँग देउसी–भैलो खेल्दै बरिष्ठ नेता पौडेलले संविधान संशोधन गर्र्नेबारे सत्तारुढ दल र मधेशी मोर्चाबीच सहमति भएको बताउनु भएको छ । पौडेलले भन्नुभयो, ‘अब कार्तिकभित्रै संविधान संशोधन हुन्छ, यसको लागि दलहरुबीच सहमति भएको छ, हिजोको बालुवाटारको बैठकमा दलहरु यसबारेमा सहमतिमा पुगेका छौं ।’
मधेशी मोर्चाले माग गरेका प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षबीच सहमति भएर सविधान संशोधन प्रस्ताव लैजाने सहमति भएको उहाँले बताउनुभयो ।
उहाँले प्रमुख दलहरुको सामू तीनवटै निकायको चुनाव समयमै सम्पन्न गर्नु प्रमुख चूनौति रहेको बताउँदै समयमै तीनवटै चुनाव गर्न सकिएन भने संविधानको कार्यान्वयन नहुने दावी गर्नुभयो ।
संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल एमालेपनि सहमतिमा आउनेमा आफूलाई विश्वास लागेको उहाँले बताउनुभयो ।

No comments: