» »Unlabelled » आगलागीबाट रु तीन लाख क्षति



राजविराज,  असोज २१ गते । सप्तरीको छिन्नमस्ता गाविस–२ स्थित सखडामा हिजो पसलमा आगलागी हँुदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । 

स्थानीय इज्राइल मन्सुरीको सखडा बजारस्थित घुम्ती पसलमा विद्युत् चुहिँदा आगलागी भई पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

यसैबीच इप्रका भारदहबाट खटिएको प्रहरी टोलीले भारदह–१ मा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । बरामद गरिएको कपडालाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..