» » फोरम लोकतान्त्रिक पार्टी फुटाउनेलाई भौतिक कारवाही


काठमाडौ असोज १८ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टी विभाजन गर्नेलाई भौतिक कारवाही गर्ने भएको छ ।

सो पार्टीका विद्यार्थी संगठन मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) ले भौतिक कारवाही गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विद्यार्थी फोरम नेपालका अध्यक्ष कपलेश्वर यादवको संयोजकत्वमा गएको विद्यार्थीको एकटोलीले हिजो पार्टीका अध्यक्ष गच्छदारलाई भेटेर पार्टी विभाजन गतिविधिमा लागेकालाई कारवाही गर्ने कुराको जानकारी गराएको छ ।

हिजो दुई बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवले कसैले कुनै रुपमा पार्टी विभाजन गर्न खोज्छ भने त्यो आफूहरुलाई स्वीकार नहुने चेतावनी दिँदै त्यस्ता नेतालाई भौतिक कारवाहीसम्म कारवाही गर्ने जानकारी गराएको छ ।

उहाँले आफूहरुको सचिवालयको बैठकले यस्तो निर्णय नै गरेको समेत अध्यक्ष गच्छदारालाई जानकारी गराएको एक विद्यार्थीले बताए ।

मन्त्री बन्न नपाएको झोकमा सोही पार्टीका उपाध्यक्ष जितेन्द्र देवको अगुवाईमा पार्टी फोड्ने गतिविधि गरेको आरोप पार्टीका अध्यक्ष गच्छदारले पनि आरोप लगाउँदै आएको छ । यो कुरा सो पार्टीमा पटक पटक उठेको छ ।

पार्टीभित्र रहेका केही तत्वले पार्टीलाई बदनामा गर्ने हिसाबले जथाभावी गुटबन्दी, मिडियाबाजी पार्टीको हित विपरित कार्य गर्ने भएको खबरले गम्भीर बनाएको भन्दै अध्यक्ष यादवले पार्टीका अध्यक्ष गच्छदारलाई ध्यानाकर्षण गराउनु भएको छ ।

लोकतन्त्रकको महामारी रोग आतकंवाद हो, आतकंवादको विरुद्धमा भारतले चालेको कदमलाई विद्यार्थी संगठनले समर्थन गरेको कुरा पनि उहाँले अध्यक्ष गच्छदारलाई ध्यानाकर्षण गराउनु भएको छ ।

विश्वव्यापी अधिकाँश मुलुकहरुले आतंकवादलको विरुद्धमा सहयोग र समर्थन भारत सरकारालई सकारात्मक रुपले गर्ने भएको हुँदा नेपाल जस्तो लोकतान्त्रिक देशलाई पनि आतंकवादको विरुद्धमा भारत सरकारले सहयोग र समर्थन गर्नुपर्ने धारणा स्पष्ट पार्नुभएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..