» » » समाजबाट विद्रोह गरेर गायिका बनिन् अञ्जु यादव



छोइरका हमरा गेलौ विदेश चिठियों ने भेजलौ नई कोनो सन्देश=======भनि शब्दको गीत सुन्दा एकछिन विश्वासै लागेन कि मधेशको ग्रामिण क्षेत्रमा पनि यस्ता अवाजहरु लुकेर बसेका छन् जो सुन्दा जीउ नै सिरिङ् हुन्छ । 

१९ वर्षीया बच्ची दुब्ली, पातली, गायिकामा हुने कुनै छाँटकाँट नदेखिएको अन्जु यादवले अर्को गीत सुनाइन्, ‘एना रुसु नई औ सजना अहाँ विन हम रहब कोना========’ अनि मन थाम्न सकिन र भने वाह । कल्पना गर्न सकिदैन, यतिको सानो उमेरमा यतिको बोल्ड र बाँधिएका स्वरमा गीत गाउनसक्छिन् तर यो कल्पना होइन यथार्थ हो । अन्जु यादव अहिले होइन, उनी पाँच वर्षकै उमेरदेखि नेपाली, भोजपुरी, मैथिली तथा हिन्दी गीतहरु गाएर धेरैको मन जिति सकेकी थिइन् ।

त्यतिबेला अन्जुलाई पनि थाह थिएन कि गीत, संगित नै आफ्नो जीवनको आधार बन्न सक्छ । सप्तरीस्थित आफ्नै डेरामा भेटेकी अन्जुले भनिन्, मलाई गायक बन्ने इच्छा थिएन, यसो स्कूल तथा कुनै कुनै प्रोग्राममा गाइदिन्थे तर अब विस्तारै यो नै जीवनको लक्ष्य होला जस्तो लाग्न थालेको छ ।’ तर अन्जु गीत संगितमा जति रमेकी छिन्, उनी भित्र त्यति नै पिडा छ । मधेशी समाज न हो । राम्रो कुरा पचाउँदैन, नराम्रो कुरा पनि पचाउँदैन । 
त्यसमा पनि चेलिबेटीलाई झनै केही गर्न छुट नै छैन जस्तो लाग्छ । एक प्रकारले समाज र परिवारसँग विद्रोह गरेर नै यो क्षेत्रमा लागेकी छिन् । जो धेरै कठिन कुरा हो ।

फलानोको छोरी त नटुवा भयो रे, यादवको छोरी स्टेजमा खुलम खुल्ला गीत गाउँछन् रे, यादवको जातिको त नाकै कटयो रे जस्ता टिका टिप्पणी हुने गर्छन्, अन्जुको बारेमा । अहिले त अलि कम भएको छ, पहिला त थेगी सक्ने अवस्था थिएन । अन्जु भन्छिन्, ती टिका टिप्पणीहरु सुन्दा त कहिले काही दिक्क लाग्छ र सोच्छु बेकारै यतातिर लागेको छु ।’ 
तर ती टिका टिप्पणीसँग मुकावला गर्न, आशभरोसा दिने व्यक्तित्व हुनुहुन्छ श्यामसुन्दर यादव । जो नाम चलेका पत्रकार हुनुहुन्छ । तराई मधेशको पत्रकारिता तथा साहित्य क्षेत्रमा नाम कमाउन सफल श्यामसुन्दर यादव नभएको भए सायद अन्जु यादव आजको यो अवस्थामा आउन सक्ने थिएन । 

अन्जु सम्झन्छन्, श्यामसुन्दर भाइजीले (दाजु) नै आफ्ना काँखमा लिएर गीत गाउन स्टेजमा पुर्याउनु हुन्थ्यो, मलाई गीत गाउने इच्छा नहुँदा नहुँदै पनि श्यामसुन्दर भाइजीले जवर्जस्ती गाउन लगाउनु हुन्थ्यो, कार्यक्रमहरुमा लग्नु हुन्थ्यो । आज म जे छु, भाइजीकै कारण छु ।’ गाउँ समाजको टिका टिप्पणी सुन्दा त अन्जुलाई पनि लाग्दो हो कि त्यस्तालाई गएर एक झापड हानौ तर श्यामसुन्दरले दिनु भएको सहन शक्तिले अन्जु शान्त भएकी हुन् । 

शिक्षा
कमर्श लिएर प्लस टु अध्ययन गरिरहेकी अन्जु २०७१ सालमा फस्ट डिभजनबाट एसएलसी पास गरेकी थिइन् । सप्तरी खुरुहुरीयाको जनता माध्यमिक विद्यालयमा ५ कक्षासम्म पढेकी उनी पवि माविमा राजविराजमा पनि केही दिन पढीन् । त्यसपछि शिव इन्टरनेश बोर्डिगं स्कूलमा ६ कक्षादेखि १० सम्म पढीन् । कम्प्यूटरमा डिप्लोमा समेत गरिरहेकी उनी गीत सगितका लागि कुनै कक्षा लिएकी छैन । सानो तिनो तालिम लिनु बाहेक कक्षा कोठामा बसेर पढेकी छैनन् ।

यस्तो किन भनि जिज्ञासा राख्दा उनले भनिन्, त्यस्तो आवश्यकता नै कहिले महसुस भएन । यो स्वर गड गिफ्टेड हो जस्तो लाग्छ, सानैदेखि गाउँदै आएको कारण आज यस्तो भएको छ ।’ बरु श्यामसुन्दर पिटेर भएपनि गाउ कि गाउ भन्नु हुन्थ्यो, उनी सम्झन्छन् ।

घरका कुरा 
स्कूल तथा साना कार्यक्रमहरुमा गीत गाउँदा त्यसबेला आमा बुवा पनि खुशी हुनुहुन्थ्यो तर जब ठूला ठूला स्टेज शो गर्न थाले अनि आमा बुवाले पनि त्यसलाई मन पराउन थाल्नु भएन, करणमा उनी भन्छन्, गाउँसमाजको टिका टिप्पणी । हजुर बुवाले त शुरुदेखि नै गीत संगितमा नलाग्न भन्नु भएको थियो तर आमाबुवाको साथ थियो तर अहिले आमा बुवाले पनि त्यति मन पराउनु हुन्न् ।’ 

उनका आमाबुवाको इच्छा छोरी लेख पढ गरेर अर्कै काम गरुन् तर यो गीत सँगितमा नजाओस् भन्ने थियो । कुनै जागिर गरेर घरजम गरोस् भनि हरेक आमा बुवाको इच्छा हुन्छ र त्यस्तै इच्छा अन्जुका आमा बुवाको पनि रहेको छ । 

१९ वर्षीया अन्जुलाई घरबाट विवाह गर्ने दवाव नआएको होइन । अन्जुका लागि केटा हेर्ने काम पनि भएको हा । अन्जुलाई पनि हेर्न आएकै हो तर विहे गर्ने इच्छा नभएका कारण विहे कार्यक्रम अहिलेसम्म टर्दै आएको हो । अन्जुले भनिन्, विहे गर्ने हतार छैन, पढाई लेखाई सम्पन्न गरि आफूले पहिला केही गरुँ, अनि मात्र विहे गरौ भन्ने हो ।’ उनको घरपरिवारको एउटा सर्त छ गीत गाएपनि नृत्य नगर्नुस् । त्यही भएर कला भएपनि अन्जुले स्टेजमा नृत्य गर्दैनन् । 

स्टेज कार्यक्रम स्थानीय स्तरमा गर्दैनन् कारण हो समाज । अन्जुले मात्र होइन, मधेशी समाजमा गीत संगितमा लाग्ने, कला क्षेत्रमा लाग्ने, फिल्मी क्षेत्रमा लाग्ने कुनै पनि महिलालाई रुचाउँदैनन् । त्यसको टिका टिप्पणी गरेको हुन्छ । कतिपयले त ती टिका टिप्पणीका वास्ता नगरिकन पनि समाजसँग प्रतिवाद गरेका हुन्छन् तर अन्जु त्यस्तो चाहन्न । उनले समाजसँग प्रतिवाद गर्नुभन्दा पनि स्थानीयस्तरको स्टेज तथा अन्य कार्यक्रममा भाग लिदैनन् । 

बाहिर बाहिर कार्यक्रमहरु गर्छिन् । उनले भारत विहारको मधुवनी, दरभंगा, नेपालको काठमाडौ, बुटवल, जनकपुर, गाईघाट जस्ता थुप्रै ठाउँमा उनले कार्यक्रम गरेकी छिन् । उनले जहाँ जहाँ आफ्नो पर्फोमेन्स देखाएकी छिन् त्यहाँ त्यहाँ वन्समोर वन्समोर भनेकै हो ।

अन्जुले एउटा घटना सुनाउँदै भनिन्, भारतको चरौटमा एउटा साँस्कृतिक कार्यक्रम थियो । सो कार्यक्रममा धेरै कालाकारहरु सहभागि थिए । तर मैले एउटा गीत गाएपछि दर्शकले रातभरि मलाई नै गीत गाउन लगाए । अरु कलाकारलाई त स्टेजमै आउन दिएन । रातभरिमा मसँग भएका सबै गीत मैले गाइसके । विहानसम्ममा त मसँग गाउने गीतै बाँकी रहेन ।’

बजारको अभाव
मैथिली गीत संगितमा बढी रुची राख्ने अन्जुको अनुभव मैथिली गीत तथा संगितको बजार राम्रो छैन । मैथिली फिल्म, गीत तथा एलम्बमहरुमा लगानीकर्ताको अभाव छ । कोही कसैले ढुक्क भएर लगानी गर्न चाहेको छैन । मैथली समाजमा पनि हिन्दी तथा भोजपुरी गीत संगित सुन्न मन पराउँछन् तर मैथिली गीत सुन्दैन । 

एक त मैथिली समाजमा महिलालाई काम गर्न निकै गाह्रो छ । समाज पोजेटिभ छैन । उनी भन्छिन्, तर निराश हुने अवस्था छैन । शिक्षित समाजले विस्तारै स्वीकार गर्दै आइरहेका छन् ।’     

सप्तरी खुरुहुरीया–५ का बुवा तेजनारायण यादव र आमा निलम यादवकी जेठी छोरी अन्जुका तीनजना भाइ कन्चन यादव, मुकेश यादव र प्रशान्त यादव तथा एकजना बहिनी प्रतिक्षा यादव रहेका छन् । सप्तरी राजविराजमा श्यामसुन्दरको अभिभावकत्वमा बसेकी अन्जुले पढाईलाई निरन्तरता दिएकी छिन् । पढेर उनलाई पनि सरकारी जागिर खाने रहर छ । एफएम तथा गीतहरुबाट भएको आम्दानीले उनको दिनचार्या चलिरहेको छ । उनी घरपरिवारको भरमा छैन, बरु एकजना भाइलाई आफैसँग राखेर राजविराजमा पढाइ रहेकी छिन् । 

गीत
हालसम्म उनले १९५ वटा गीत गाई सकेकी छिन् । एफएमहरुमा तीनवटा जिङ्गल पनि बनाएकी छिन् । अशोक दत्त, भुसन सिह, अशोक झा संतोष, सागर वीर कडारी, डिजे मैथील, कमल मण्डल, राजु चौधरी, प्रदिप कपुर, किरण झा, धिर श्रेष्ठलगायतका लेखेका गीतहरु गाएकी छिन् । उनले गाएकी गीतहरुमा एसके बीक, प्रवेश मल्लिक, निल घतानी, कमल मण्डल र अजय अनुरागीले संगित दिएका छन् । 

एलम्बम
१=मिथिला धाम
२=रमौलबाली
३=स्पर्ष आहाके 
४=चहटगर चटनी
५=फूलसन दिल
६=प्यारके पंक्षि
७=मिथिला एक्सप्रेस
८=शिवरतन धन पायो
९=माँ कंकालनी
१०= १०० प्रतिशत लभ
११=राजदेवी दर्शन

डकुमेन्ट्री
१=कोशी पीडित समाज सप्तरी
२=सप्तरी जिल्लाको आठ ठाम
३=छिन्नमस्ता महिमा

फिल्म
१= प्रेम शक्ति (नेपाली)
२= सिनुर सजनाके (मैथिली)
३=भोजपुरी फिल्म

एफएममा जिङ्गल
१=छिनमस्ता एफएम
२=सीएफएम
३=रेडियो जय मधेश

विभिन्न एफएममा कार्यक्रम
१=वउवा बुची
२=स्वस्थ्य जीव
३=प्रकोप न्युनिकरण
४=छिनमस्ता आइडल गीत संगित
५=साथी सँग मनक बात

सम्मान तथा पुरस्कार
–पूर्वाञ्चल स्तरीय विद्यार्थी प्रतिभा पहिचान प्रतियोगित २०७०
–मैथिली कलाकार परिषद् नृत्यु पुरस्कार
–सप्तरी महोत्सवमा गायन पुरस्कार
–मैथिली कवि परिषद् २०६० मा गायन सम्मान
–नेपाल मैथिली सम्मान काठमाडौ, २०६३ बाल गायिका सम्मान
–नेपाल परिवार नियोजन संघ, सप्तरीले नाटकका लागि सम्मान
–राष्ट्रिय प्रजातन्त्र दिवसः भलिवलमा प्रथम पुरस्कार
–मैथिली बाल प्रतिभा पुरस्कार
–विदेहराज साप्ताहिक २०६०, गायीकाको रुपमा सम्मान
–स्वर्ण मिथिला कुञ्जद्धारा गायीका रुपमा सम्मानित
–भिलेट इम्प्रोभमेन्ट प्लान २०१२, नृत्य प्रतियोगितमा प्रथम
–नेपाल यादव सेवा समितिबाट गागोंदेवी यादव प्रतिभा पुरस्कार

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..