» » अनिल झाले भन्नुभयो, मधेशवादी दलले मधेशबाट मत पाएको भन्दा बढी काम गरिरहेका छन्


काठमाडौ कात्तिक १ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशी जनतालाई मधेशी जनता अझै पनि आन्दोलनका लागि तयार रहेको बताउनु भएको छ ।

दशैंको अवसर पारेर मधेशका विभिन्न गाउँमा घुमफिर गरी जनतासँग प्रत्यक्ष कुरा गर्नुभएका अध्यक्ष झाले मधेशी जनता अझै मधेशवादी दलप्रति आशावादी रहेको बताउनुभएको छ ।

मधेशवादी दलप्रति मधेशी जनता असन्तुष्ट हुनुको कुनै कारण नरहेको उल्लेख गर्दै उहाँले खासगरि नेपाल सद्भावना पार्टीप्रति कुनै गुनासा आफूले नपाएको बताउनुभयो ।

मधेशवादी दल यसपाली न सरकारमा गएका छन्, न कुनै जनताको अहितमा कुनै सम्झौता गरेका छन् अनि किन रिसाउनु भन्नुहुँदै अनिल झाले मधेशवादी दल अलग अलग रहेर आन्दोलनप्रति असन्तुष्ट रहेका छन् नेपाल सद्भावना पार्टी प्रति कुनै गुनासो नरहेको दावी गर्नुभयो ।

नेपाल सद्भावना पार्टी दलहरुसँग एकीकरण गर्न तयार छ, यसअघि पनि संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएकै हो, नेपाल सद्भावना पार्टीबाट अलग रहेका अन्य दलहरुलाई पनि आउन आफूले आग्रह गरेको उहाँले बताउनुभयो । मधेशी जनता आफ्नै कारणले दुख पाएको पनि उहाँले बताउनुभयो ।

काँग्रेस, एमाले र माओवादीलाई जिताएर पठाउँछन् अनि मधेशी दलसँग अपेक्षा गर्न मिल्दैन, उहाँले भन्नुभयो, मधेशवादी दलले मधेशबाट जति मत पाएका छन् त्यो भन्दा कैयो गुणा बढी काम गरिरहेका छन्, त्यसैले काँग्रेस, एमाले र माओेवादीले यस्तो गर्यो उस्तो गर्यो भन्ने अधिकार मधेशी जनतालाई छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..